कान्समा सुरक्षा शैली
फ्रान्सको कान्समा हालै आयोजित ‘कान्स फिल्म फेस्टिभल’ को ७५ औं संस्करणको ‘रेडकार्पेट’ मा पहिलो पटक नेपाली अभिनेतृ उत्रिन सफल भइन् । अभिनेतृ सुरक्षा पन्तले उक्त मौका पाएकी हुन् । उनी अभिनीत ‘द एट् माउन्टेन्स्’ अन्तर्राष्ट्रिय चलचित्रलाई ‘फेस्टिभलमा प्रिमियर’ गरिएको थियो ।
