उज्यालो रंगको पहिरन चाँडो सुक्छ।
सुतीको कपडाले गर्मीमा शीतल गराउँछ साथै यो मौसममा पानी पर्दा हल्का चिसो पनि हुन्छ । त्यसैले सुतीको पहिरनले न्यानो गराउँछ । पानीमा भिज्यो भने पनि चाँडै सुक्छ ।
एलएनएस मोडल म्यानेजमेन्टद्वारा ग्वार्काेस्थित १९९९ एडीमा आयोजित मेघा फेसन सिजन–२ मा ६ वटा सिक्वेन्स थिए । ड्रिमवेयर बुटिकको लेहेंगा, गाउन, साडी, सेरवानी र चिल्ड्रेन्स ड्रेसहरू समावेश गरिएको उक्त फेसन शोमा ओम एपेरियल्सको क्याजुअल वेयर लगाई र्याम्पमा मोडलहरूले क्याटवाक गरेका थिए । कोरियोग्राफर लक्ष्मी बस्नेतले कोरियोग्राफी गरेको इभेन्टमा संचारकर्मी तथा नायिका सुरक्षा पन्तले कार्यक्रम संचालन गरेकी थिइन् । मेघा फेसनको अन्तिममा सोज टपर वर्षा शिवाकोटी तथा दिक्पाल कार्की फेसन डिजाइनर मञ्जु बञ्जारासँग र्याम्पमा आएका थिए । उक्त अवसरमा चलचित्र मञ्जरीको प्रमोसन पनि गरिएको थियो ।