वर्षातमा ब्युटिफूल लुक्स
अहिले पोलिस्टर मिसिएको कपडाहरु बढी चलन चल्तीमा छ । वर्षातको समयका लागि यो कपडा उपयुक्त मानिन्छ । जर्जेट, सिफन का कपडा भिजेपछि शरीरमै टाँसिने हुँदा यी फेब्रिकलाई उपयोग नगरेकै राम्रो हुन्छ ।
बि लेबल्स प्राइभेट लिमिटेडको आयोजनामा शनिबार बबरमलस्थित रिभिजिटेडमा समर कलेक्सन २०१७ फेसन शो आयोजना भएको छ । ओसाका ब्लू थिममा डिजाइनर विजय गौतमको सोलो डिजाइनमा १३ जना मोडल र्याम्पमा उत्रिएका थिए । सन् २०१५ देखि संचालनमा आएको बि लेवल्सले हरेक वर्ष सिजनअनुसार ४ वटा फेसन शो आयोजना गर्दै आएको छ ।

यो फेसन शो गृष्म ऋतुलाई लक्षित गरी डिजाइनर विजयले जापानमा पाइने फूलको बुट्टालाई अफ्नो डिजाइनमा उतारेका थिए । फेसन शोको सोटपरमा मिस नेपाल माल्भिका सुब्बा हरियो र गोल्डेन साडी–चोलोमा सजिएर र्याम्पमा हिँडेकी थिइन् । बि लेवल्सले हरेक फेसन शोमा नयाँ थिम तथा नेपाली डिजाइनलाई प्रोत्साहित गर्दै आएको छ ।

तस्विरहरु : महेश प्रधान