Successfully Copied

सेलिब्रेटी फेसन च्वाइस

म जाडो र गर्मी दुवै मौसममा मज्जाले रमाउँछु । जाडो सुरु हुनासाथ आफ्नो शरीरको केयर गर्दै अनुकूल आउटफिट लगाउँछु ।

भिन्तुना जोशी, नायिका

म जाडो र गर्मी दुवै मौसममा मज्जाले रमाउँछु । जाडो सुरु हुनासाथ आफ्नो शरीरको केयर गर्दै अनुकूल आउटफिट लगाउँछु । अहिले मेरो रुचि लङ कोटमा बढी छ । वुलन वान पिसमा लङ कोट र थाइ हाइ बुट मलाई मनपर्ने विन्टर पहिरन हो । साथमा टोपी, मफलरदेखि पन्जासम्म सबै सेतो हुन्छ । मसँग कलरफुल लङ तथा छोटा कोटहरूको कलेक्सन छ । कोटमा आफ्नो व्यक्तित्व स्मार्ट देखिने र आफूलाई पनि न्यानो हुने हुँदा जाडोका लागि कोट नै उपयुक्त हुन्छ । मैले यस पटक प्लेटेड कोट, ड्रेस स्टाइलको कोट पनि बनाएकी छु । म पार्टीका लागि पनि कोटमै सजिन्छु ।

 Image