सार्वजनिक सवारी साधन प्रयोग गर्दा वा सार्वजनिक स्थानमा सहभागी हुँदा वार्डरोबमा मालफङसनिङको स्थिति उत्पन्न भएका कतिपय उदाहरण विश्व चर्चित छन् । मिडिया, मोडलिङ, मुभी तथा म्युजिक क्षेत्रमा यो शब्द अब कसैका लागि पनि नयाँ छैन । हलिउड, बलिउडदेखि हाम्रो परिवेशसम्म ग्ल्यामर वल्र्डमा ड्रेस मालफङसनिङका घटनाहरू देख्न–सुन्न पाइन्छ । जब कुनै मोडल वा अभिनेतृ यसको सिकार हुन्छन् तब ती घटना चर्चाको शिखरमा पुग्छन् । यसको सिकार हुनेहरूलाई भल्गर, इनडिसेन्ट आदि शब्दले सम्बोधन गरिएको पाइन्छ ।
कतिपय अवस्थामा अरुको देखासिकी गर्ने चक्करमा युवतीहरू जस्तो पायो त्यस्तो पहिरन क्यारी गर्छन् र पछि आफ्नै बेइज्जत गराउँछन् । त्यसैले मालफङसनिङको सिकार हुनुपूर्व नै आफ्नो व्यक्तित्वलाई के र कस्तो सुहाउँछ भन्ने कुरा बुझ्नुपर्छ । हिजोआज आधुनिकताका नाममा अश्लीलता प्रदर्शन भएको प्रशस्तै देख्न पाइन्छ । स्कुल–कलेज जाने युवतीहरू आफ्नो पहिरनका सम्बन्धमा बढी एक्सपेरिमेन्टल एवं जजमेन्टल हुन्छन् । उनीहरूमा ट्रेन्डी र कुल देखिने होड सबैभन्दा बढी देख्न पाइन्छ । यस्तोमा उनीहरू उल्टोसुल्टो लगाएर स्वयंलाई स्मार्ट र ड्रेसिङ सेन्स भएको दाबी गर्छन् । आफूलाई मनपर्ने भन्दा पनि आरामदायक हुने र आफ्नो व्यक्तित्वलाई सुहाउँदो भद्दा र उच्छृंखल प्रदर्शित नगर्ने पहिरनमा ध्यान दिनुपर्छ । यस विषयमा कलेजमा अध्ययनरत युवती मात्र नभएर प्रोफेसनल युवती एवं कामकाजी महिलाहरू पनि सजग एवं सचेत रहनुपर्छ । घरबाहिर असहज स्थितिको सामना गर्नुपूर्व घरमै आफ्नो पहिरनका बारेमा सावधानीपूर्वक उचित पहिरन छनोट गर्नु बुद्धिमानी हुन्छ ।
पहिरन छनोट गर्ने उपाय
- सधैं आफ्नो व्यक्तित्व र फिगरको सही नापअनुसार पहिरन छनोट गर्नुपर्छ ।
- मोर्डन एवं एलिगेन्ट लुकका लागि सधैं आरामदायक पहिरन क्यारी गर्नुपर्छ ।
- वेस्टर्न पहिरन वा जिन्समै मोर्डन देखिन्छ भन्ने छैन । व्यक्तित्वमा सुट गर्छ भने सलवार–कमिजलाई पनि ट्रेन्डी एवं एलिगेन्टली प्रयोग गर्न सकिन्छ ।
- इन्डो वेस्टर्न शैलीलाई कम्बाइन गर्न सकिन्छ ।
- घरबाट निस्कनुपूर्व नट, जिप, बटन भएका पहिरन राम्रोसँग जाँच गर्नु आवश्यक छ ।
- पहिरनअनुसार अन्डर गार्मेन्टको छनोटमा ध्यान पुर्याउनु आवश्यक छ ।
के नगर्ने ?
- बढी टाइट र अल्ट्रा सर्ट पहिरन नलगाउने, यसले अनावश्यक रूपमा पर्सनालिटी डाउन गर्न सक्छ ।
- हट र सेक्सी देखाउने भल्गर पहिरनबाट टाढा रहने ।
- सधै फिटिङ देखिने भल्गर पहिरनबाट जोगिने ।
- फिटिङ नभएको पहिरन पनि क्यारी नगर्ने । एक्सपेरिमेन्ट गरिएका पहिरनमा पुन: बढी एक्सपेरिमेन्ट गर्न नखोज्ने ।
- स्मल, ब्याकलेस, हल्टर, ट्युब, वानपिस तथा अफसोल्डर ड्रेस हतारमा लगाउनु हुँदैन । उठ्दा वा बस्दा पर्याप्त ध्यान पुर्याउनुपर्छ अन्यथा वार्डरोब मालफङसनिङको सम्भावना बढ्छ ।
- पहिरनको छनोटमा कपी क्याट बन्नु हुँदैन ।