नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएशन फेशन शो
शोमा नौ वटा प्रमुख संग्रहहरू प्रस्तुत गरिए, जसले प्रत्येक डिजाइनरको व्यक्तिगत दृष्टिकोण, सृजनात्मकता र सांस्कृतिक जडत्वलाई प्रतिनिधित्व गरेको थियो ।
नेपालकै लोपोन्मुख थामि जातिको राष्ट्रिय संग्राहलय निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले राजधानीमा शनिबार नेपाल फेसन एरा २०१६ आयोजना भएको छ । नेपाल फेसन हाउस र सगरमाथा फाउण्डेसन नेपालको संयुक्त आयोजनामा शनिवार दरबारमार्गस्थित होटल अन्नपूर्णमा मोडलहरुलाई ऱ्याम्पमा उतारिएको हो । फेसन एरामा कोरियाग्राफी जेनिशा मानन्धरले गरेकी थिइन । ८ डिजाइनर समूहको डिजाइनमा मोडलहरुलाई सजाइएको थियो । निल डेभिड कट्वाल समूहले मेकअपआर्टिस्टहरुको समेत सहभागिता रहेको थियो ।

थामि जातिको संग्राहलय दोलखामा निर्माण हुनेछ । थामि जातिको सहयोगका लागि आयोजित कार्यक्रममा चर्चित महिला निर्देशक दिपाश्री निरौला प्रमुख सेलिब्रेटी रुपमा सहभागी थिइन । उनले पनि आफ्नो तर्फबाट थामि जातिको संग्राहलय निर्माणका लागि १६ हजार सहयोगको घोषणा गरिन् ।
कार्यक्रमका सहभागीलाई फेसन सोसागै कलाकारहरुले मनोरञ्जन समेत दिलाएका थिए । गायिका श्रेया सोतांग, फरज अर्पण, सुनिलसिंह ठकुरी, बबिता मानन्धरले गीत गाएका थिए भने नेपा डान्स र माइकल समूहले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । सो अवसरमा थामि जातिका बालबालिकालाई केही समाजसेवीले शैक्षिक सामाग्री समेत प्रस्तुत गरेका नेपाल फेसन हाउसकी विभू न्यौपानेले बताइन।





तस्विरहरु : नवराज वाग्ले