Successfully Copied

टिनएजर पहिरन

हिजोआज लामा कुर्तीको पनि फेसन छ जसमा मोती, थ्रेड वर्क, क्रिस्टल वर्क, प्याच वर्क, पोते वर्कको माग बढ्दो छ । टिनएजरहरूका लागि कोट स्टाइलको ब्लाउज प्रयोग हुने लेहेंगा पनि बजारमा छन् । कुर्ता–सुरुवालमा आउटर भएको अनारकल्ली, चोली भएको अनारकल्ली, लेहेंगा स्टाइलको अनारकल्ली आदि

अहिले टिनएजरहरू सरल एवं सहज पहिरनमा सजिन रुचाउँछन् । यसपटकको तीजमा टिनएजरहरूका लागि लेहेंगा चोली, डिप ओपन वान पिस, पारदर्शी ब्याक ओपन वान पिस, प्याच वर्क तथा थ्रेड वर्क गरिएका डिजाइनहरू उपलब्ध छन् । किशोरीहरू रातो, हरियो, पहेंलो भन्दा पिच, सफ्ट पिंक, रोयल ब्लु, लाइट अरेन्ज, गोल्डेन, रानी तथा नियोन कलर बढी रुचाउँछन् । रेड एण्ड ब्ल्याक, रानी र अरेन्ज, एल्लो र ग्रिनजस्ता कन्ट्रास्ट कलर प्रयोग गर्दा टिनएजरलाई राम्रोसँग खुल्छ । 

हिजोआज लामा कुर्तीको पनि फेसन छ जसमा मोती, थ्रेड वर्क, क्रिस्टल वर्क, प्याच वर्क, पोते वर्कको माग बढ्दो छ । टिनएजरहरूका लागि कोट स्टाइलको ब्लाउज प्रयोग हुने लेहेंगा पनि बजारमा छन् । कुर्ता–सुरुवालमा आउटर भएको अनारकल्ली, चोली भएको अनारकल्ली, लेहेंगा स्टाइलको अनारकल्ली आदि प्रचलनमा छन् । यो पर्वका लागि पटियाला, प्लाजा कुर्ता पनि टिनएजरहरूद्वारा रुचाइएको डिजाइन हो ।  

टिनएजरका लागि नेट, जर्जेट, सिफन, तास, क्रेप सिल्क आदि फेब्रिक उपयुक्त हुन्छन् । यसपटक तीजकै लागि विभिन्न कलर कम्बिनेसनका लेयरवाला कुर्ता, फिक्स साडीजस्ता विभिन्न स्टाइलका पहिरनको माग बढ्दो छ । तीज भन्नासाथ पहिलेदेखि नै साडी लगाउने चलन भएकाले टिनएजरहरू पनि यो दिन साडी लगाउन खोज्छन् । उनीहरूका लागि फिक्स साडी पनि उपयुक्त हुन्छ । किशोरीहरू धेरै झिलीमिली भएको साडी लगाउन चाहँदैनन् त्यसैले सिल्कमा मुजा आइरन गरी फिक्स गरेर रोयल लुक्समा फिक्स साडी बनाउन सकिन्छ । भरेका साडी रुचाउने टिनएजरहरूलाई हाफ इम्ब्रोइडरी गरी, हाफ प्याचको चलन बढ्दो छ । सिल्क, भेल्भेट, जर्जेट तथा फूलकारी ब्लाउज फिक्स साडीमा निकै सुहाउँछ । हल्का नेकलाइन भरिएको कुर्तालाई लेगिन्ससँग लगाउन सकिन्छ जसले अग्लो र स्लिम देखाउँछ । यो उमेरकालाई सबै खालका पहिरन सुहाउने भए पनि चाडपर्वमा अरूभन्दा फरक देखिन स्किन कम्प्लेक्स भएको तथा शरीरको बनावटअनुरूप डिजाइन निर्धारण गर्नु उपयुक्त हुन्छ । 

 Image