Successfully Copied

राष्ट्रिय संग्रहालयका लागि फेसन एरा–२०१६

नेपाली फेसन जगतको गरिमा बढाउन र डिजाइन पेशालाई व्यावसायिक क्षेत्रका रूपमा स्थापित गराउन नेपाल फेसन हाउसले आगामी दिनमा फेसन एरा शो लाई निरन्तर आयोजना गर्ने न्यौपानेले पत्रकार सम्मेलन मार्फत घोषणा पनि गरिन् ।

नेपाल फेसन हाउस तथा सगरमाथा फाउन्डेसनले संयुक्त रूपमा फेसन एरा –२०१६ आयोजना गर्ने भएका छन् । भाद्र ३१ गते शुक्रबारका दिन होटल अन्नपूर्णमा आयोजना हुने फेसन एरा–२०१६ दोलखा जिल्लाका लोपोन्मुख थामी जातिको संग्रहालय निर्माण गर्ने उद्देश्यका साथ हुन लागेको सगरमाथा फाउन्डेसनका अर्जुन भट्टले बताए । उनले भने– ‘निजी संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न सहयोग होस् भन्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ 

पछिल्लो समय डिजाइनमा आफ्नो भविष्य कोर्न चाहने डिजाइनरहरूका लागि र नेपालमा डिजाइन क्षेत्रको भविष्य निकै आकर्षक र निश्चित हुँदै गइरहेकाले बेलैमा व्यावसायिक बन्न चाहनेहरूका लागि यस्ता कार्यक्रम आवश्यक रहेको नेपाल फेसन हाउसकी संचालिका विभु न्यौपानेले बताइन् । नेपाली फेसन जगतको गरिमा बढाउन र डिजाइन पेशालाई व्यावसायिक क्षेत्रका रूपमा स्थापित गराउन नेपाल फेसन हाउसले आगामी दिनमा फेसन एरा शो लाई निरन्तर आयोजना गर्ने न्यौपानेले पत्रकार सम्मेलन मार्फत घोषणा पनि गरिन् । 

थामी जातिको उत्थानका लागि आयोजना हुन लागेको फेसन एरामा विभिन्न संघ संस्थाहरूको सहयोगको अपेक्षा राख्दै न्यौपानेले आफ्नो मुलुकमा रहेका लोपन्मुख जातिहरूको  संरक्षण गर्नु सबैको दायित्व रहेको धारणा व्यक्त गरिन्  । 

 Image