अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितमा नेपाली डिजाइनरको पहिरन
जर्मनीकी मिस सुपरनेसनल मारियानाले एक इभेन्टमा नेपाली डिजाइनर सोनम सुब्बा लिम्बुले डिजाइन गरेको पहिरन लगाएकी हुन् ।
पार्टीमा सबैभन्दा फरक एवं आकर्षक देखिने चाहना सबैमा हुन्छ । विशेषगरी महिलाहरू यो मामिलामा अगाडि छन् । यसका लागि बजारमा पनि त्यस्तै प्रकारका विभिन्न पहिरन भित्रिएका छन् । त्यसमध्ये एक हो–गाउन । हिजोआज गाउनप्रति धेरैजसो महिला आकर्षित छन् ।लगाउन सहज तथा आरामदायक हुनुका साथै ट्ेरन्डी एवं कुल लुक्स प्रदान गर्नु गाउनको बलियो पक्ष हो । यसकारण गाउन खरिद गर्दा आफूलाई कस्तो गाउन सुहाउँछ, कस्तो स्टाइल ठीक हुन्छ भन्ने कुरामा विशेष ध्यान पुर्याउनुपर्छ ।