जेठ ११ देखि १३ सम्म फेसन फेस्टिबल हुँदै
नेपालमा पहिलो पटक फेसन फेस्टिबल हुने भएको छ । फेसन नेटवर्क नेपालले आयोजना गर्न लागेको उक्त फेस्टिबल आगामी जेठ ११ देखि १३ गतेसम्म तीन दिनसम्म चल्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

हिजोआज धेरै महिलाको ओठ गुणस्तरहीन लिप कस्मेटिकको प्रयोग तथा चुरोट सेवनका कारण कालो हुने, फुट्ने समस्या बढ्दो छ । आफ्नो ओठलाई प्राकृतिक गुलाबी रंग दिन अनारको बोक्रा तथा गुलाबका फूलका २–३ वटा पात गुलाब जलका साथ पिसेर पेस्ट बनाई ओठमा लगाउने । यो पेस्टलाई कम्तीमा पनि १५ देखि २० मिनेटसम्म राख्नुपर्छ । दुई हप्ता नियमित रूपमा यो पेस्ट लगाउँदा कालो भएको ओठ गुलाबी हुँदै प्राकृतिक रंगमा फर्कन्छ ।
लिपिस्टिकलाई लामो समय टिकाउन लिपिस्टिक लगाउनुअघि पेनस्टिक वा फाउन्डेसन लगाउने । कुन कलरको लिपिस्टिक लगाउने हो त्यो भन्दा हल्का डार्क कलरको लिपलाइनरले ओठलाई सेप दिने र लिपको सेपअनुसार ब्रसको सहायताले लिपिस्टिक लगाउने । लिपिस्टिकलाई लामो समय टिकाउन टिस्यु पेपरले हल्का थपथप्याउनुपर्छ ।
सिर्जना प्रधान पोखरेल, ब्युटिसियन
तस्विरहरु: महेश प्रधान