आजभोलि क्लिवेज देखाउनु फेसन बनिसकेको छ र यसलाई नराम्रो पनि मानिँदैन । ब्रा उत्पादन गर्ने एक कम्पनीले गरेको सर्वेक्षणमा पनि युवा महिलाहरूले क्लिवेज प्रदर्शन गर्नुलाई नराम्रो नमानेको पाइयो । जीवनमा अघि बढ्न उनीहरू क्लिवेजकै सहारा लिन पनि पछि नपरेको वा नपर्ने देखियो । पश्चिमी मुलुकमा गरिएको उक्त सर्वेक्षणका क्रममा कतिपय महिलाहरूले यो हतियारलाई रेस्टुराँमा फास्ट सर्भिसका लागि, पार्किङमा फाइनबाट बच्न, पहिलो डेटमा ब्वायफ्रेन्डलाई प्रभाव पार्न, अफिसमा अघि बढ्न प्रयोग गरेको पाइयो । क्लिवेज प्रदर्शन गर्नु राम्रो बानी–व्यवहार, चरित्र भएका महिलाहरूको काम होइन भन्न सकिन्छ तर यो कथन पुरानो भैसकेको छ । क्लिवेज प्रदर्शन गर्नु एक तरिकाले आफू कति पावरफुल छु भन्ने भएको छ । कतिपय अभिनेतृहरूको पहिचान उनीहरूको डिजाइनर ड्रेसबाट प्रदर्शित भएको क्लिवेजले नै बनाएको पाइन्छ । मल्लिका शेरावत, मलाइका अरोरा आदि भारतीय अभिनेतृको शान तिनको ड्रेसिङ सेन्सको प्रशंसाबाट पनि बढेको पाइन्छ । हलिउड अभिनेतृहरूमा पनि क्लिवेजको प्रदर्शन निकै प्रतिस्पर्धात्मक देखिन्छ । पछिल्लो केही समययतादेखि चर्चित अभिनेतृहरू एन्जिेलिना जोली, नताली पोर्टमेन, लिड्से लोहान, केमरुन डियाज, बियोन्से नोवेल्स, मोनिका बचुली आदिले रेड कार्पेट समारोहमा साइड क्लिवेजको धुम मच्चाए ।
न्यूयोर्ककी लेखिका जेनिफर बाम गार्डनरले आफ्नो प्रसिद्ध पुस्तकमा क्लिवेजलाई पावरको सिम्बल मानेकी छिन् । उनका अनुसार क्लिवेज प्रदर्शन गर्नुको अर्थ महिला महत्वाकांक्षी छिन्, सफल हुन चाहन्छिन् र उनमा लिडर बन्ने इच्छा छ भन्ने हुन्छ, जब कि सधैं पूर्णरूपमा ढाकिएको पहिरन लगाउने महिला जेनिफरको नजरमा कमजोर हुन् । क्लिवेज शैली विकसित हुँदा केहीले यसलाई भल्गर पनि माने तर मिश्रित प्रतिक्रियाबीच यसको लोकप्रियता बढ्दो छ । साइड क्लिवेज प्रदर्शनमा असहमत हुने धेरै होलान् तर व्यक्तित्वमा निखार ल्याउन इनरवेयरको महत्त्वपूर्ण भूमिका रहने कुरालाई नकार्न सकिँदैन । यद्यपि अधिकांश महिला शरीरको आकार–प्रकार घट्ने–बढ्ने क्रमसँगै ब्रेस्ट साइजमा पनि परिवर्तन हुने कुरालाई बुझ्दैनन् । जीवनभर वा वर्षौंसम्म एउटै नम्बर वा कप साइजको ब्रा लगाउन सकिँदैन र हुँदैन पनि । परिणाम सेगिङ ब्रेस्ट, गलत कप साइजका रूप अगाडि आउँछन् ।
ध्यान दिनुपर्ने कुरा:
- तौल बढ्ने, कम हुने तथा अन्य कतिपय हर्मोनल परिवर्तनका कारण एकजना महिलाको ब्रेस्ट साइज कम्तीमा छ पटक परिवर्तन हुन्छ । त्यसैले वर्षमा एकपटक आफ्नो लान्जरी सेट परिवर्तन गर्नुपर्छ ।
- ब्रा खरिद गर्नुपूर्व त्यसलाई प्रयोग गर्नुपर्छ र त्यसमा सर्ट वा कुर्ता लगाएर हेर्नुपर्छ ।
- अन्डरवायर वा पेन्डेड ब्रा आफ्ना लागि होइन भन्ने सोच्नु गलत हुन्छ । त्यसलाई लगाउँदा ब्रेस्टलाई राम्रो सपोर्ट प्राप्त हुन्छ कि हुँदैन बुझ्नुपर्छ ।
- ठूलो वक्ष भएका महिलाहरू प्राय: मिनिमाइजिङ वा टाइट ब्रा लगाउँछन्, जुन स्वास्थ्यका दृष्टिले गलत छ । यसबाट ब्रेस्ट टिस्युजमा बढी दबाब पर्छ र ब्रेस्ट लुज भएर झोल्लिन थाल्छ ।
- महिलाहरूद्वारा गलत कप साइजको छनोट आमसमस्या हो । दुब्लो–पातलो शरीर तर ब्रेस्ट हेभी छ भने ३२ वा ३४ नम्बरको ब्रा लगाउन सकिन्छ । उनीहरूका लागि ‘ए’ कप साइज फिट नहुन सक्छ । यसकारण अधिकांश महिला ठूलो साइजको ब्रा खरिद गर्छन्, जुन गलत हो । कप साइजको हिसाबबाट ए, बी, सी, डी साइजको ब्रा खरिद गर्नु राम्रो हुन्छ ।
- कप साइज सिमलेस ब्रासम्बन्धी भ्रम पनि पाइन्छ । महिलाहरू सिमलेस ब्रा लगाउन बढी रुचाउँछन्, कारण यो टाइट टप वा सर्टमा राम्रो देखिन्छ । यद्यपि सिम्ड ब्राले सिमलेसभन्दा राम्रो फिटिङ प्रदान गर्छ ।
क्लिवेज डिस्प्ले
क्लिवेज डिस्प्ले गर्ने ड्रेसमा शरीरको धेरैजसो भाग प्रदर्शित हुने भएकाले बडी मेकअपमा पनि ध्यान पुर्याउनु जरुरी हुन्छ ।
- स्क्रबिङभन्दा पहिले काँचो दूधले छाला सफा गर्नुपर्छ । यसबाट क्लिवेज एरियाको छालाबाट टेनिङ हट्छ ।
- छाला सफा, स्वस्थ एवं चम्किलो हुनुपर्छ ।
- बस्ट एरियामा रौं बढी भए तिनलाई हटाएर स्क्रबिङ गरी मसाज गर्नुपर्छ ।
यसका लागि फ्रुट स्क्रब, नुन, एलोबेरा र ओट्स वा चोकर तथा नुनको कम्बिनेसन प्रयोग गर्नुपर्छ ।
- साइड क्लिवेज भद्दा हुनुहुँदैन । यसका लागि हल्टर नेक र सो कप उत्तम हुन्छ ।
- यो इभिनिङ गाउनमा सबैभन्दा ठीक रहन्छ र यसका लागि लाइक्रा जस्तो स्ट्रचेबल फेब्रिक नै उपयुक्त हुन्छ ।
- यस्तो पहिरन लगाउँदा अवसरमा पनि विचार पुर्याउनुपर्छ । हरेक अवसरका लागि यस्तो पहिरन अनुकूल हुँदैन ।
क्लिवेज एरियाको मेकअप गर्दा
- हल्का कन्सिलर प्रयोग गर्नुपर्छ, जसबाट टोनिङ, डार्क स्पट्स वा दाग हट्छ ।
- त्यसपछि ब्रन्जिङ बडी ओयल प्रयोग गर्नुपर्छ ।
- सेन्टरमा म्याट ब्रोन्जर लगाउनुपर्छ । थोरै ब्रोन्जर कोलर बोनमुनि पनि लगाउनुपर्छ, जसले छालाको कलर फरक–फरक नदेखियोस् । त्यसपछि एउटा ब्रसमा पाउडर इल्युमिनेटर प्रयोग गरी कोलर बोनबाट सुरु गर्दै टि–सेपमा क्लिवेजको सेन्टरसम्म प्रयोग गर्नुपर्छ ।
- ब्रोन्जर प्रयोग गर्ने चाहना छ भने न्यूड कलरको ब्लस अन पनि क्लिवेज र वरपरको भागमा लगाउन सकिन्छ । त्यसपछि साइनका लागि सिमर प्रयोग गर्नुपर्छ ।
- सिमरको रंग पहिरनको हिसाबबाट निर्धारित हुनुपर्छ । सेतो, कालो वा पिंक ड्रेस लगाउनु छ भने सिल्भर डस्ट र पहेंलो तथा अरेन्ज र रेड ड्रेसका साथमा गोल्ड डस्ट प्रयोग गर्नु उपयुक्त हुन्छ ।