फेसन ट्रेन्डमा जति नै परिवर्तन आए पनि गहना लगाउने क्रेज कहिल्यै कम हुँदैन तर कतिपय अवस्थामा सही छनोटको जानकारी नहुँदा महँगा गहना पनि भनेजति सुन्दर एवं आकर्षक देखिँदैनन् । त्यसका लागि उमेर, अवसर र फेसकटअनुरूप सही गहना छनोट गर्न सक्नुपर्छ ।
उमेरअनुसार गहना
बीसको उमेरमा
यो उमेरमा कोमल, ट्रेन्डी एवं स्टाइलिस गहना लगाउनुपर्छ । यो उमेरमा हरेक प्रकारका गहना लगाउन सकिन्छ । अत: फंकी, ग्ल्यामरस एवं स्टाइलिस गहनालाई आफ्नो स्टाइल मन्त्र बनाउनुपर्छ ।
तीसको उमेरमा
यो उमेरमा गहना छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । आफ्नो र परिवारको प्रतिष्ठाको ख्याल राखी गहना छनोट गर्नुपर्छ । धेरै लाइट वा हेभी गहना लगाउनुको साटो डिजाइनर गहना लगाउनुपर्छ ।
पचासको उमेरमा
यो उमेरमा पहिरनका साथै गहना पनि सिम्पल, तर ग्रेसफुल हुनुपर्छ । लामो चेनका साथमा पेन्डेन्ट र मुहारअनुरूप डिसेन्ट गहना नै उपयुुक्त मानिन्छ ।
फेस कटअनुसार ज्वेलरी सेलेक्सन
ओवल सेप : अण्डाकार मुहारमा हरेक प्रकारका गहना सुहाउँछन् । त्यसैले अण्डाकार मुहार हुनेहरूले कुनै पनि गहना लगाउन सकिन्छ ।
राउन्ड सेप : राउन्ड फेस अर्थात् गोलो मुहार भएकाहरूले ह्याङगिङ इयरिङ तथा लामो चेन वा नेकलेस लगाउनुपर्छ । यसबाट मुहार लामो देखिन्छ । राउन्ड फेस तथा मोटो शरीर भएकाहरूले टप्स वा धेरै सानो इयरिङ लगाउनु हुँदैन ।
लङ सेप : लङ फेस अर्थात् लामो मुहार भएकाले ह्याङ्गिङ लगाउनु हुँदैन । कारण यसबाट मुहार अझ लाम्चो देखिन्छ । हायङ्गिङ इयरिङको साटो टप्स लगाउनुपर्छ ।
स्कवेयर सेप : स्कवेयर फेस अर्थात् चौकर मुहार भएकाले चौडा वा गोलो खालको झुम्का लगाउनुहुँदैन । यसबाट मुहार अझ चौडा देखिन्छ । चौकर मुहार भएकाहरूका लागि लामो झुम्का खुल्छ ।
उचाइअनुसार गहना
उचाइ कम छ भने
–कोलर लेन्थ वा लामो नेकपिस लगाउनुपर्छ । भी आकारको लेकलेस बढी सुट गर्छ ।
–मोटो वा हेभी करा, ब्रासलेट आदि लगाउनुको साटो हलुका खालको चुरा लगाउनुपर्छ ।
–अपवार्ड अर्थात् जसको डिजाइन माथितर्फ हुन्छ त्यस्तो इयरिङ छनोट गर्न सकिन्छ ।
एभरेज हाइट छ भने
–कुनै किसिमको नेकपिस लगाउन सकिन्छ ।
–मोटो ब्रासलेट वा करा उपयुक्त हुन्छ । त्यसैले पातलो चुराको साटो करा वा ब्रासलेट लगाउनुपर्छ ।
–कुनै पनि डिजाइनको इयरिङ लगाउन सकिन्छ ।
अग्लाहरूले
–कुनै पनि साइज वा लम्बाइको नेकलेस लगाउन सकिन्छ तर चोकर बढी सुहाउँछ । विशेष अवसरमा लामो लाइन्स भएको चोकर पनि लगाउन सकिन्छ ।
–मोटो ब्रासलेट, करा वा हातभरि चुरा लगाउनुपर्छ ।
–लामो अर्थात् ह्याङ्गिङ इयरिङ बढी सुट गर्छ ।
बडी सेपअनुसार गहना सेलेक्सन
–धेरै दुब्ला–पातलाहरूले भने हेभी खालका गहना लगाउनुहँुदैन ।
–मोटो शरीर भएकाहरूले भने साना खालका गहना लगाउनु हुँदैन ।
–मोटो शरीर भएकाहरूका लागि जडाउ गहना बढी सुहाउँछन् । घाँटी मोटो छ भने चोकर लगाउनुपर्छ । कारण यसबाट घाँटी अझ मोटो देखिन्छ ।
–घाँटी लामो छ भने झुम्का अनुहारमा खुल्छ ।