Successfully Copied

मनसुन फेसन

मनसुनको आगमनसँगै फेसन पनि परिवर्तन हुन्छ । यो मौसमलाई सुहाउँदा केही शैली यस प्रकार छन् : सोर्टस् र स्कर्टस् :

मनसुनको आगमनसँगै फेसन पनि परिवर्तन हुन्छ । यो मौसमलाई सुहाउँदा केही शैली यस प्रकार छन् :

सोर्टस् र स्कर्टस् : वर्षामा भुइँ छुने लामा पहिरन भिजेर मैला हुन्छन् । अत: सोर्टस् र स्कर्टस् लगाउनु उपयुक्त हुन्छ । यी स्टाइलिस हुनुका साथै आरामदायक पनि मानिन्छन् । यिनलाई ट्याङ्क टप र लुज टिसर्टका साथ लगाउन सकिन्छ ।

ट्याङ्क र लुज टिसर्टस् : यी दुवै यो सिजनका वेस्ट फ्रेन्डस् हुन् । यिनलाई डेनिम सोर्टस्सित जोडा मिलाउनुपर्छ ।

रेनकोट्स र रेन ट्रेन्च कोट्स : वर्षामा यी सबैभन्दा आवश्यक कुरा हुन् । बोरिङ खालको रेनकोट्सको साटो क्लासी ट्रेन्च कोट्स उपयुक्त हुन्छ । यी अत्यन्त आकर्षक रंगमा उपलब्ध हुनुका साथै ट्रेन्डी पनि देखिन्छन् ।

निलेन्थ राम्पर्स : यो सिजनमा त्यसै पनि फूललेन्थ लगाउनुभन्दा निलेन्थ लगाउनु उपयुक्त हुन्छ । सबैभन्दा राम्रो सर्ट राम्पर्स हुन्छ । यो प्लेन सुटजस्तै हुन्छ र भ्रमणमा पनि आरामदायक रहन्छ  । यसले स्टाइलिस लुक पनि प्रदान गर्छ ।

लाइट फेब्रिक : मनसुनका लागि लाइट तथा कम्फर्टेबल फेब्रिक उपयुक्त हुन्छ । यो चाँडै सुक्ने र भिज्दा पनि भारी नहुने खालको हुन्छ ।

प्रिन्टेड स्कार्फ : मेटल एसेसरिजको साटो स्कार्फ प्रयोग गर्नुपर्छ ।  स्टाइलिस देखिनुका साथै यसले राम्रोसँग टाउको छोप्छ  ।

फ्लिप फ्लप्स र कलरफूल बेलरिना : यो छालाका जुत्तालाई ब्रेक दिने समय हो । वर्षामा खुट्टालाई सफा राख्न कलरफूल बेलरिना वा फ्लिप फ्लप्स लगाउनुपर्छ ।

नियन अम्ब्रेला : ब्ल्याक र ह्वाइट भन्दा हटेर नियन कलर्सका छाता ओढ्नुपर्छ । नियनमा हल्का न्युड टच पनि उपयुक्त हुन्छ । यसले स्टाइल राम्रो देखिन्छ ।

वाटर प्रुफ घडी : नाडी घडीबिना व्यक्तित्वले पूर्णता प्राप्त गर्दैन । यो सिजनमा गोल्ड तथा सिल्भरको मेटलयुक्त वा लेदर बेल्ट भएको घडी प्रयोग गर्नु हुँदैन । यो मौसममा वाटरप्रुफ फंकी घडी प्रयोग गर्न सकिन्छ, जुन सुलभ छ र त्यसले स्टाइलिस लुक पनि दिन्छ ।

वाटरप्रुफ टोट ब्याग : ब्यागको आवश्यकता जुनसुकै मौसममा हुन्छ । वर्षामा रेगुुलर ब्यागको साटो वाटरप्रुफ ब्याग प्रयोग गर्नुपर्छ । ब्राइट कलर्सका वाटरप्रुफ ब्याग सहज रूपमा उपलब्ध हुन्छन् ।

 Image