Successfully Copied

कम्प्लेक्सन अनुसार लेहेंगा चयन

गोरो वर्णका लागि –गोरो वर्ण भएकाहरूलाई हरेक रंग सुहाउँछ, तर सफ्ट पेस्टल र मिड टोन सेड्स बढी आकर्षक देखिन्छ । पिच लाइलेक, पिन्क, एक्वा, सफ्ट ग्रीन तथा मिडियम ब्लु कलरका लेहेंगा परफेक्ट च्वाइस हुनसक्छन् ।

गोरो वर्णका लागि

–गोरो वर्ण भएकाहरूलाई हरेक रंग सुहाउँछ, तर सफ्ट पेस्टल र मिड टोन सेड्स बढी आकर्षक देखिन्छ । पिच लाइलेक, पिन्क, एक्वा, सफ्ट ग्रीन तथा मिडियम ब्लु कलरका लेहेंगा परफेक्ट च्वाइस हुनसक्छन् ।

–डार्क कलरबाट जोगिनुपर्छ किनभने यसले कम्प्लेक्सनलाई फिक्का तुल्याउन सक्छ ।

–डाइनिङ फङ्सनका लागि सिल्भर वर्क गरिएको डिप नेवी वा स्कर्ट ब्लु र गोल्डेन वर्क गरिएको डार्क ग्रीन सिलेकट गर्नुपर्छ ।

–मर्निङ समारोहका लागि गोल्डेन र कपर वर्क गरिएको क्रिम गोल्ड लेहेंगा उपयुक्त हुन्छ ।

–बढी गोरी भए पेस्टल कलरबाट जोगिनुपर्छ ।

गहुँगोरो वर्णका लागि

–सुनौलो रंगमा अझ निखार ल्याउन केही खास कलर छान्नुपर्छ ।

–एमराल्ड क्रिम, रुवी रेड, ब्राइट, ओरेन्ज, रस्ट टरक्वाइज तथा नेवी ब्लु विशेष रूपले यो वर्णका लागि हो ।

–गहुँगोरो वर्ण भएकाहरूका लागि इभनिङ कलर्समा एन्टी गोल्ड वर्क गरिएको रिच मास्टर्ड, कपर वर्क  गरिएको डिप सेफरन ओरेन्ज तथा सिल्भर वर्क गरिएको डिप इन्क ब्लु सुहाउँछ ।

–गोल्ड वर्क गरिएको डिच मरुन वा एमराल्ड ग्रीन र कपर वर्क गरिएको कपर  पनि प्रयोग गर्न सकिन्छ ।

–कलर चयनमा प्रशंसा बटुल्ने हो भने पेस्टल कलरबाट जोगिनुपर्छ  ।

डस्की वर्णका लागि

–डस्की वर्णमा ब्राइट कलर सुन्दर देखिन्छ ।

–सनसाइन एलो, ब्राइट ओरेन्ज, वार्म, रेड, मजेन्टा तथा ब्राइट ब्लुले लुकलाई अझ सुन्दर बनाउँछन् ।

–बेज र ह्वाइट पनि परफेक्ट हुन्छन् ।

–डस्की वर्णलाई गोरजियस लुक दिन डिप रेड, मजेन्टा, रोयल ब्लु आदि कलर पनि प्रयोग गर्न सकिन्छ ।

 Image