Successfully Copied

स्लिम देखिने उपाय

अधिकांश महिला स्वस्थ र जवान देखिन चाहन्छन् र त्यसका लागि आफ्ना तर्फबाट पूर्णरूपमा प्रयास पनि गर्छन् । व्यस्त जीवनशैलीका कारण धेरैलाई फिटनेसमा ध्यान दिने फुर्सद हुँदैन । यस्तोमा पहिरन शैली र एसेसरिजको सही छनोटले स्लिम लुक प्राप्त गर्न सकिन्छ । कस्तो हुनुपर्छ आउटफिटको

अधिकांश महिला स्वस्थ र जवान देखिन चाहन्छन् र त्यसका लागि आफ्ना तर्फबाट पूर्णरूपमा प्रयास पनि गर्छन् । व्यस्त जीवनशैलीका कारण धेरैलाई फिटनेसमा ध्यान दिने फुर्सद हुँदैन । यस्तोमा पहिरन शैली र एसेसरिजको सही छनोटले स्लिम लुक प्राप्त गर्न सकिन्छ । 

कस्तो हुनुपर्छ आउटफिटको फिटिङ र लेन्थ ? 

–मोटोपन लुकाउन ओवर साइजका कपडा लगाउनु हुँदैन । कपडाको फिटिङ र हेमलाइनमा विशेष ध्यान पुर्‍याउनुपर्छ । 

–एङ्कल लेन्थ वा त्यसभन्दा लामो ब्ल्याक, नेवी, जिन्स वा ट्राउजर लगाउनुपर्छ । यसका साथमा स्लिम फिट सर्ट, टेलर्ड ब्लेजर वा ज्याकेट लगाउन सकिन्छ । 

–घुँडासम्म लामो पेन्सिल वा ए लाइनर स्कर्ट पनि स्मार्ट विकल्प हो । 

–केप्री पाइन्ट, लङ ब्यागी सोर्ट्स, सर्ट टप, धेरै टाइप ड्रेस, सेपलेस हाफ लेन्थ स्कर्ट आदि लगाउनु हुँदैन । 

–धेरै टाइट वा लुज पहिरन लगाउनु हुँदैन । यसबाट मोटोपन लुक्नुको साटो अझ बढी हाइलाइट हुन्छ । सही फिटिङ पहिरन लगाउनुपर्छ । 

–मोटोपन धेरै छ भने थ्री फोर्थ, फुल स्लिभ उपयुक्त हुन्छ । 

–खुट्टा धेरै मोटा भए सर्ट ड्रेसका साथमा डार्क कलरको स्टकिङ्स लगाउनुपर्छ । 

 Image