Successfully Copied

टिनएजर फेसन

फेसन घुमिरहने चक्र भएकाले अहिले टिनएजरहरूका लागि नब्बेको फेसन रिपिट भएको छ तर अलि फरक शैलीमा ।

अहिलेसम्म जे–जति फेसन र स्टाइल भित्रिए ती सबै फेसनका गुरु टिनएजरहरूलाई मान्नुपर्छ । फेसन र स्टाइल दुई फरक तर आपसमा सम्बन्धित विषय हुन् । टिनएजरहरूले फरक–फरक लुक्समा, फरक स्टाइलका पहिरन लगाउँदा त्यही स्टाइल नै फेसनमा परिणत हुनपुग्छ र फेसन ट्रेन्ड बन्छ । अहिलेका टिनएजरहरू क्याजुअल वेयरप्रति बढी आकर्षित छन् । क्याजुअल वेयरमा जस्ता पहिरन फेसनमा रहे पनि आफ्नो शारीरिक बनावट, स्किन कम्प्लेक्सन तथा अवसरअनुरूप पहिरन छनोट गर्न सक्नुपर्छ । क्याजुअल वेयरमा लुज फिटलाई प्राथमिकतामा राख्नुपर्छ । अहिले गर्मीको सिजन सुरु भएको हुनाले स्कर्ट, छोटो ब्लाउज स्टाइलको टप्स, वान पिस नै टिनएजरहरूको फेसनमा रहने पहिरन हुन् । फेसन घुमिरहने चक्र भएकाले अहिले टिनएजरहरूका लागि नब्बेको फेसन रिपिट भएको छ तर अलि फरक शैलीमा । अहिले ज्याकोर्ड फेब्रिकको फेसन भित्रिएको छ । प्रिन्टेड फेब्रिक तथा डाइ नगरी वुभन प्याट्रन अर्थात् बुनिएको प्याट्रनका फेब्रिकमा प्लेटेड स्कर्टहरू टिनएजरहरूका लागि यो वर्षका पहिरन हुन् । त्यस्तै फ्लोरल प्रिन्ट जस्तै : पाल्म ट्री, पाइनाप्पल प्रिन्ट, जिकज्याक, लार्ज सर्कल्स, जनावरहरूको इमेज प्रिन्ट, नम्बरस, पोल्का डल्स आदि प्रिन्टेड फेब्रिकमा पिच, ग्रिन, टरक्वाइज, कोरल, नीलो कलर यसपटक चल्ने कलर हुन् । त्यस्तै पार्टी वेयरका लागि वेस्टर्न लुक्स दिने लेहेंगा नेपाली बजारमा भित्रिएका छन् । बितेका ३–४ वर्ष इस्टर्न फेसन चल्यो तर आगामी दिन भने वेस्टर्न लुक्स फलो हुँदैछ । जस्तै लंग ब्लक प्लेट्स स्कर्टका साथमा हाफ अथवा थ्री क्वाटर स्लिभमा बोट नेक गरी ब्याक ओपन लेहेंगा अबको समयका टिनएजर पार्टी वेयर हुन् । अहिले गाउनको पनि फेसन छ जसमा लामो भोलुम गाउनमा तलको भाग बल्की हुन्छ ।

 

] ड्रिमवेयर बुटिक, कुपण्डोल

 Image