‘कासा’ को फेसन गाला
नेपाली ब्रान्ड ‘कासा’ ले ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा १४ जना सेलिब्रेटीसहित ‘मिस नेपाल वर्ल्ड’, ‘मिस युनिभर्स नेपाल’ लगायतले क्याट वाक गरेका थिए ।
फेसन डिजाइनको दुनियाँमा नयाँ सृजना र शैली भित्र्यिाउने लक्ष्यका साथ उपत्यकामा नयाँ फेसन हाउस मुकु आजबाट संचालन आएको छ । बुटीक जोनको नामले प्रचलित कुपन्डोलमा एक भव्य उदघाटन समारोहकाबिच मुकु संचालनमा आएको हो । नायिका ऋचा शर्मा र मिस नेपाल इन्टरनेश्नल २०१२ की सुभेच्छा खड्का लगायत प्रशान्त ताम्राकार, राजभाई सुवालले संयुक्त रुपमा रिवन काटेर मुकुको उद्घाटन गरेका थिए । फेसन क्षेत्रको २२ वर्ष लामो अनुभव समेटेकी डिजाइनर मुक्ता श्रेष्ठले आफ्नै फेसन हाउँस मार्फत नेपाली फेसनमा नयाँ सृजना र फेसन डिजाइनमा नयाँ ट्रेण्डको विकास गर्न मुकु संचालनमा ल्याएको उनले बताइन् । नेपाली फेसन स्तरमा मुकुको महत्वपूर्ण भूमिका रहने र नयाँ आयमका लागि नयाँ ईट्टा स्वरुप मुकु संचालनमा आएको डिजाइनर मुक्ताले प्रष्ट पारिन् । मुकुमा ढाका कलेक्सन, लेनिन ज्याकेट, क्याजुअल टप डिजाइनका पहिरन डिजाइन गरिने छ ।