Successfully Copied

फेसन डिजाइनका नयाँ आयम सहित खुल्यो मुकु

फेसन डिजाइनको दुनियाँमा नयाँ सृजना र शैली भित्र्यिाउने लक्ष्यका साथ उपत्यकामा नयाँ फेसन हाउस मुकु आजबाट संचालन आएको छ ।

फेसन डिजाइनको दुनियाँमा नयाँ सृजना र शैली भित्र्यिाउने लक्ष्यका साथ उपत्यकामा नयाँ फेसन हाउस मुकु आजबाट संचालन आएको छ । बुटीक जोनको नामले प्रचलित कुपन्डोलमा एक भव्य उदघाटन समारोहकाबिच मुकु संचालनमा आएको हो । नायिका ऋचा शर्मा र मिस नेपाल इन्टरनेश्नल २०१२ की सुभेच्छा खड्का लगायत प्रशान्त ताम्राकार, राजभाई सुवालले संयुक्त रुपमा रिवन काटेर मुकुको उद्घाटन गरेका थिए । फेसन क्षेत्रको २२ वर्ष लामो अनुभव समेटेकी डिजाइनर मुक्ता श्रेष्ठले आफ्नै फेसन हाउँस मार्फत नेपाली फेसनमा नयाँ सृजना र फेसन डिजाइनमा नयाँ ट्रेण्डको विकास गर्न मुकु संचालनमा ल्याएको उनले बताइन् । नेपाली फेसन स्तरमा मुकुको महत्वपूर्ण भूमिका रहने र नयाँ आयमका लागि नयाँ ईट्टा स्वरुप मुकु संचालनमा आएको डिजाइनर मुक्ताले प्रष्ट पारिन् । मुकुमा ढाका कलेक्सन, लेनिन ज्याकेट, क्याजुअल टप डिजाइनका पहिरन डिजाइन गरिने छ । 

 Image