चेतना जगाउन ‘नो सेभ नोभेम्बर’
काठमाडौंमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी जनचेतना जगाउनु र क्यान्सर पीडितहरूसँग कुराकानी गर्नु थियो ।
केमिकलद्वारा केशलाई लामो समयसम्मका लागि कर्ली गर्नुलाई नै हेयर पर्म भनिन्छ । यसले केशलाई ८–१० महिनासम्म कर्ली अवस्थामा राख्छ । कर्ल गर्दा केशको भोलम अलि बढी देखिने हुँदा यो पातलो केशमा उपयुक्त हुन्छ । पर्म गर्दा केशको मोटाइका साथसाथै पर्म गराउने व्यक्तिको अनुहार, घाँटीको सेप आदिमा पनि विचार पुर्याउनुपर्छ । पर्म प्राय: सानो अनुहार र लामो घाँटी हुनेहरूलाई बढी सुहाउँछ ।
पर्म गर्दा वेभ लोसन र न्युट्रलाइजरको प्रयोग गरिन्छ । वेभ लोसनले केशलाई लचिलो बनाउँछ जसले गर्दा वेभ (कर्ल) सजिलैसँग बस्छ । न्युट्रलाइजरले वेभ (पर्म) लाई लामो समयसम्म टिकाइराख्छ भने केशमा भएको केमिकल बन्डसलाई पनि रि–कन्डिसनमा ल्याउँछ । सही तरिकाले पर्म गरिएको छ भने केश त्यति झर्दैैन र लङ लास्टिङ पनि हुन्छ ।