जाडोमा न्याना पहिरन
वातावरणीय तापक्रम घटेसँगै शरीरलाई न्यानोपन प्रदान गर्ने ‘फेसन स्टाइल’ मा आकर्षण बढ्नु स्वाभाविक हो । आफ्नो व्यक्तित्वलाई आकर्षक रूपमा प्रस्तुत गर्न चाहनेहरूका लागि ‘विन्टर फेसन एसेसरिज’ ले यसमा थुप्रै विकल्प प्रदान गर्न सक्छ ।
आउटलेट : भाटभटेनी
विशेषता : विविध प्रकारका इमिरेटस् गहनाका लागि उपयुक्त गन्तव्य ।
अहिले वयस्क महिला मात्र होइन युवतीहरू पनि गहनाका सौकिन छन् । आफ्नो पहिरनअनुसार मिलाएर गहना लगाउन युवतीहरूले पनि रुचि देखाउने गरेका छन् । उनीहरूको रोजाइ पनि केही फरक छ । यही कुरालाई मनन गरी एक्सप्रेसनले विशेष गरी युवतीहरूलाई केन्द्रित गर्दै विभिन्न शैलीका इमिरेट्स गहना बिक्रीमा राखेको छ । हेर्दा निकै आकर्षक इमिरेट्सका गहना लगाउँदा व्यक्तित्वमा निखार आउँछ । यहाँ औंठी, नेकपिस, एअर रिंग्स, एंकलेट, बेंगल्स आदि उपलब्ध छन् । हेर्दा सक्कलीझैं देखिने यहाँका एसेसरिज जुनसुकै वर्गलाई हुने खालका चित्ताकर्षक छन् । म्याचिङ गर्न सौखिनहरूका लागि त यी गहना अत्यावश्यक नै मानिन्छन् ।