‘कासा’ को फेसन गाला
नेपाली ब्रान्ड ‘कासा’ ले ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा १४ जना सेलिब्रेटीसहित ‘मिस नेपाल वर्ल्ड’, ‘मिस युनिभर्स नेपाल’ लगायतले क्याट वाक गरेका थिए ।

–जिन्स, ट्राउजर तथा टाइट्स आदिका साथमा स्पाइरल हिल सुहाउँदो हुन्छ ।
–कुनै पार्टी गाउन वा लङ स्कर्टका साथमा स्टिलटोज हिल सुहाउँदो हुन्छ, कारण लङ ड्रेसमा यो प्वाइन्टेड हिलले खुट्टालाई लामो देखाउन सहयोग गर्छ ।
–जुन महिलाको उचाइ राम्रो छ उनीहरूका लागि किटन हिल उपयुक्त हुन्छ, यसले कसैलाई धेरै अग्लो देखाउँदैन ।
–यदि कसैलाई आफ्नो वेडिङ दिनका लागि कुनै हाइ हिल रोज्नु छ भने एक्रेलिक हिल छनोट गर्न सकिन्छ, कारण यो हातबाट बनाइएको काठको हिल हो र हेर्दा काँचको हिलजस्तै हुन्छ ।
–यदि अफिसमा काम गर्नुहुन्छ र धेरै घुमफिर गर्नुपर्छ भने प्लेटफार्म हिल राम्रो विकल्प हो, कारण यो हिल चारैतिरबाट एउटै साइजको हुन्छ । यो लगाउन सुविधाजनक एवं आरामदायक हुन्छ ।