Successfully Copied

ह्वाइट ड्रेस खरिद गर्दा

ह्वाइट ड्रेस गर्मीको फेसनको महत्वपूर्ण हिस्सा हुने गर्छ ।

ह्वाइट ड्रेस गर्मीको फेसनको महत्वपूर्ण हिस्सा हुने गर्छ । यो मौसममा कूल र ट्रेन्डी देखिनका लागि ह्वाइट ड्रेस अत्यन्त उपयुक्त हुन्छ । यसको प्रयोगले ताजापन र शितलताको अनुभूति हुन्छ । ककटेल पार्टी होस वा क्याजुयल गेट टुगेदर होस् वा शपिङ । यो हरेक मौकामा प्रयोग गर्न सकिन्छ । बजारमा यसको कयन भेराइटी पाइन्छ । जस्तै  प्रोम, ड्रेस, ट्युनिक ड्रेस, लङ ड्रेस, सिफ्ट ड्रेस, म्याक्सी ड्रेस आदि यीनको खरिद गर्दा केही कुरामा ख्याल राख्नु आवश्यक हुन्छ । 

–आफ्नो बडी टाइपअनुसार ह्वाइट ड्रेस चयन गर्नुपर्छ । स्लीभ बढी फिजिक भएकालाई ठूलो आकारको फ्लोरल प्रिन्टस भएको कुरा सुहाउादो हुन्छ । त्यही बल्की बडी भएकालाई सानो आकारको फ्लोलर प्रिन्टस भएको ड्रेस राम्रो हुन्छ । 

–उचित एक्सेसरिजका साथमा ह्वाइट ड्रेस कम्वाइन गरी आफ्नो लुकलाई अपिलिङ बनाउन सकिन्छ। फलोइ ह्वाइट ड्रृसका साथमा ब्राउन ब्रेडेड बेल्ट र न्युड क्लरको पम्पस् प्रयोग गर्नुपर्छ । त्यही यसप्रकारको ड्रेसमा साथमा कलरफुल स्कार्फ र सनग्लासेज क्यारी गरी रेट्रो लुक क्रिएट गर्न सकिन्छ ।

 Image