आरामदायक ‘नाइट ड्रेस’
रातिको समय ‘नाइट ड्रेस’ लगाएर सुत्दा शरीरलाई आराम मिल्छ र निद्रा राम्रो लाग्छ । स्वस्थ जीवनशैलीका लागि पर्याप्त निद्रा धेरै जरुरी हुन्छ ।
गर्मी महिना लाग्दै गर्दा अनुहारमा गरिने मेकअपमापनि परिवर्तन ल्याउनु पर्छ । गर्मी महिनामा सकेसम्म हलुका मेकअप गर्नुपर्छ । पसिन आउने हुदा ग्लोसी भन्दा म्याट मेकअपनै राम्रो मानिन्छ । आज गरिएको मेकओभर गर्मी महिनालाइ केन्द्रित गरिएको छ । बानेश्वर स्थित सिजर हेयर हण्ड मेकअप सैलनुकी सौन्दय विद् कमला ओनेमले मोडेल सुदिपा पाठकलाइ न्युड मेकअप गरिदिएकी छिन । कपाल केहि पातलो भएकोले कपाललाइ ग्राजुयसन शैलीमा परिवर्तन गरिएको छ । स्किन राम्रो भएकाले करेक्टिभ मेकअपमा खासै मेहेनत गर्नु परेन । छोटो समयमा आजको मेकअप तथा हेयर डु गरिएको छ । मोडेललाइ उक्त मेकअप निकै खुलेको छ । सुदिपा २०१५ कि मिस स्कलर हुन ।
संयोजन: झरना नहर्की
भिडियो : नवराज वाग्ले