Successfully Copied

ब्राइडल मेकअप

दुलहीको मेकअप गर्नुभन्दा ३–४ दिनअघि फेसियल तथा क्लिन्जिङ गराउनुपर्छ । आइब्रो पनि मेकअप गर्दा मिलाउन २ हप्ताजति ननिकालेकै उपयुक्त हुन्छ । मेकअप गर्दा दुलहीको आँखाअनुसार आइलाइसेस प्रयोग गर्नुपर्छ । आइलाइसेस एक्सटेन्सन गर्दा दुलहीका आँखा अझ आकर्षक देखिन्छन् । कसैलाई बाक्लो तथा कसैलाई पातलो,

स्वस्तिका राजभण्डारी, 

मेकअप आर्टिस्ट, स्वस्तिका मेकअप स्टुडियो

पहिले दुलही भन्नासाथ रातै पहिरन तथा मेकअप पनि त्यस्तै टिपिकल रातै गरिने चलन थियो । अहिलेका दुलहीहरू आफ्नो स्पेशल दिन अर्थात् विवाहको मेकअपमा सुहाउने तथा नयाँ लुक्समा देखिन चाहन्छन् । पहिले हातले मात्र मेकअप गरिन्थ्यो भने अहिले ब्रस, स्पन्ज, एयर ब्रसमार्फत ब्राइडल मेकअप गरिन्छ । बेहुली भन्नेबित्तिकै रातो आइस्याडो तथा गुलाबी गाला भन्ने कन्सेप्ट पूरै हटिसकेको छ । अहिलेका ब्राइडलहरू स्मोकी तथा स्याम्पेन कलर प्रयोग गरी आइ मेकअप गरिन्छ । दुलहीहरूलाई उनीहरूको फिचर राम्रो देखाइदिन कन्टोर तथा हाइलाइट गरी नाक, जलाइन, चिक बोन राम्रो देखाई दिनुपर्छ । जसले गर्दा अनुहार अझ आकर्षक देखिन्छ । 

दुलहीको मेकअप गर्नुभन्दा ३–४ दिनअघि फेसियल तथा क्लिन्जिङ गराउनुपर्छ । आइब्रो पनि मेकअप गर्दा मिलाउन २ हप्ताजति ननिकालेकै उपयुक्त हुन्छ । मेकअप गर्दा दुलहीको आँखाअनुसार आइलाइसेस प्रयोग गर्नुपर्छ । आइलाइसेस एक्सटेन्सन गर्दा दुलहीका आँखा अझ आकर्षक देखिन्छन् । कसैलाई बाक्लो तथा कसैलाई पातलो, लामो आइलाइसेस सुहाउँछ । त्यहीअनुसार परेला बनाउनुपर्छ । 

हिजोआज मेकअप गर्नुअघि मेकअप बेस प्रयोग गरिने हुँदा दुलहीको मेकअप कम्तीमा पनि १० घन्टासम्म मज्जाले टिक्छ । दुलहीको मेकअप गर्दा फाउन्डेसनको ठाउँमा लङ लास्टिङ प्यान स्टिक प्रयोग गर्नुपर्छ । दुलहीहरूमा पहिले नै मेकअप गरियो भने पछि मेकअप बिग्रन्छ भन्ने सोच अहिलेको नयाँ मेकअप ट्रेन्डले बदलिदिएको छ । यस्तो मेकअपले २–३ घन्टापछि अनुहारमा अझ ग्लो आउँछ । मेकअप गरिसकेपछि सेटिङ स्प्रे प्रयोग गरिन्छ जसले मेकअपलाई अझ धेरै बेरसम्म टिकाउँछ । 

दुलहीको मेकअप गर्नुअघि ओठ एक्सफोलिप्ट गरेर लिप्स मेकअप गर्नुपर्छ । अनुहारलाई सफा गरेपछि लिप बाम लगाउने । अनुहारको मेकअप सकुन्जेल लिप नरम भएर आकर्षक देखिन्छ । लिपमा कसैले म्याट त कसैले ग्लसी लिपिस्टिक रुचाउँछन् । यद्यपि दुलहीले भने केही ग्लसी लिपिस्टिक नै लगाउनुपर्छ । 

दुलहीको अनुहारमा पिम्पलहरू आएका छन् भने २–३ दिनअघि नै पिम्पल सुकाउने औषधि  प्रयोग गर्नुपर्छ । यसो नगर्दा पिम्पलले अनुहारलाई फोहोरी देखाइरहेको हुन्छ । यो समयमा मज्जाले आराम गरी सुत्नुपर्छ । टेन्सनले पनि अनुहारको ग्लो घट्न सक्छ । हप्तामा एकपटक मेनिक्योर तथा पेडिक्योर पनि गराइरहनुपर्छ । 

फेस मेकअप : सबैभन्दा पहिले अनुहारलाई क्लिन्जिङले सफा गर्ने । त्यसपछि ओपन पोर्स बन्द गर्न टोनर लगाउने र अनुहारमा प्राइमर लगाएपछि पातलो लेयरको छालालाई पूर्णरूपले ब्लेड गर्ने । त्यसपछि फिचर्स सार्प देखाउन अनुहारलाई करेक्सन गर्ने । कटिङमार्फत चौडा नाकलाई पातलो देखाउन सकिन्छ अर्थात् निधार चौडा छ भने त्यसलाई पनि कटिङ गर्ने । त्यसपछि छालाको बेसअनुसार ब्रसले पेनकेक लगाउने । अनुहार खुलाउन गालालाई जलाइन एरियाको कटिङ गर्ने । फेरि टान्सल्युसेट पाउडर लगाउने वा पोलिसिङ ब्रसले अनुहार पोलिस गर्ने । अन्त्यमा स्टुडियो फिक्सर लगाउने जसले मेकअपलाई फिक्स गर्छ । 

आइ मेकअप : दुलहीलाई उनको इच्छाअनुसार गाजल  वा आइलाइनरले सेप दिने । त्यसपछि स्मोकी तथा स्याम्पेन वा गोल्डेन आइस्याडो लगाउने । आइ मेकअपमा आँखाको किनारसम्म थोरै डार्क सेड बनाउने । त्यसबाहेक मस्काराले आइब्रोको मुन्तिर आकार दिने, फेरि ब्रोज ब्रस गर्ने । आाखामा गोल्डेन कलरको हाइलाइट लगाउने । अन्त्यमा आइलेसमा मस्कारा लगाउने, मस्कारा जति बाक्लो लगाइन्छ आँखा त्यति नै आकर्षक देखिन्छ । 

लिप मेकअप : अनुहार सफा गरेपछि ओठलाई मुलायम बनाउन लिप बाम लगाई त्यत्तिकै छोडिराख्ने जसले ओठलाई नरम बनाउँछ । मेकअप सकिएपछि ओठको आउटलाइन बनाएर लिपिस्टिकले ओठलाई भर्ने । अन्त्यमा ओठमाथि सुहाउँदो ग्लस लगाउने । 

 Image