Successfully Copied

कायरा बुटिकको फेसन शो

कायरा बुटिकले आफ्नो पछिल्लो डिजाइनहरूलाई बालबालिका, मोडल र सेलिब्रेटीहरूमार्फत् प्रस्तुत गरेको छ । बुटिककी फेसन डिजाइनर रोजिना श्रेष्ठले तयार पारेको साडी, लेहङ्गा र गाउनका पछिल्ला डिजाइनहरूमा मोडल र सेलिब्रेटीहरू र्‍याम्पमा उत्रिएका थिए ।

सिटी सेन्टमा आयोजना भएको फेसन शोको पहिलो सिक्वेन्समा बालबालिकाहरू विभिन्न डिजाइनको ड्रेसमा प्रस्तुत भएका थिए । त्यसपछि प्रस्तुत भएको साडी, लेहङ्गा र गाउनको सिक्वेन्सका नेपालका स्थापित मोडलहरूले क्याटवाक गरेर श्रेष्ठका डिजाइनहरूलाई प्रस्तुत गरेका थिए । पाँचौ सिक्वेन्समा सेलिब्रेटीहरूलाई प्रस्तुत गरिएको थियो जसमा बेनिशा हमाल, नीता ढुंगाना, सुरविना कार्की, सम्पदा बानियाँ, अनु शाह, वर्षा शिवाकोटी, वर्षा राउत, छुल्ठिम गुरुङ र स्वस्तिमा खड्काले क्याटवाक गरेका थिए । 

 Image