Successfully Copied

मेहेन्दि

मेहेन्दिलाइ सोरह श्रृगारको एक अभिन्न अंग मानिन्छ । अहिले मेहेन्दि लगाउने चलनमा निकै परिवर्तन देखिएको छ । महिलाहरु श्रावण महिना लागेदेखिनै हातभरी मेहेन्दि लगाएर आफनो हातलाइ सजाउछन ।

मेहेन्दिलाइ सोरह श्रृगारको एक अभिन्न अंग मानिन्छ । अहिले मेहेन्दि लगाउने चलनमा निकै परिवर्तन देखिएको छ । महिलाहरु श्रावण महिना लागेदेखिनै हातभरी मेहेन्दि लगाएर आफनो हातलाइ सजाउछन । कुनै समयमा तिउरीको पातलाइ सिलौटामा पिसेर हातमा रंगाइन्थ्यो । आफुलाइ जस्तो स्वरुपमा आउछ त्यस्तै आकृति हातमा बनाइन्थ्यो । तर अहिले यसको चलनमा निकै परिवर्तन देखिएको छ । करिव एक दशक भयो नेपाली बजारमा मेहेन्दि लगाउने चलनमा परिवर्तन देखिएको । अहिले मेहेन्दि लगाउनकालागि बिभीन्न स्टुडियो तथा तालिम केन्द्र खुलेका छन । जहा आफुलाइ मन परेको भनेभने डिजाइनमा मेहेन्दि लगाउन सकिन्छ । के हात के खुटा जहि तहि मेहेन्दिले आफनो अंग रंगाउन सकिन्छ । बुटा हेरी सस्तोमा २५ रुपैयाबाट मेहेन्दि लगाउन सकिन्छ । फुटपातदेखि मेहेन्दि सेन्टर जहितहि ग्राहकहरुको भिड खचाखच छ । यस्ता सेन्टरहरुमा डिजाइनरहरुले निकै राम्रा डिजाइन बनाएर हातलाइ शोभायमान बनाइदिन्छ । आफनो उत्सव अनुसार फरक फरक हिसावले हातमा मेहेन्दि लगाइन्छ । नेपालमा मेहेन्दि व्यवसायमा परिवर्तन ल्याउने श्रेय मुम्बइ मेहेन्दि सेन्टरलाइ जान्छ । यस संस्थाले नेपालमा मेहेन्दि डिजाइलाइ एक व्यवसायीक रुप दिएको छ । कुलदिप बश्णेयले मेहेन्दि लगाउने चलनमा परिवर्तन ल्याएका हुन्छ । उनीले अहिलेसम्म धेरै डिजाइनर पनि जन्माइसकेका छन । मुम्बइ सेन्टरमा जस्तो भने त्यस्तै हातमा डिजाइन बनाइन्छ । यहा लगाइएको मेहेन्दि लामो समयसम्म टिक्छ । यहा केमीकल रहित मेहेन्दिको प्रयोग गरिन्छ । यसलाइ पछयाउदै न्यु मुम्बइ , इन्काज , इजिप्सीयन लगाएतका मेहेन्दि सेन्टरहरुले आ आफनो सेन्टरबाट मेहेन्दिको सेवा प्रदान गरिरहेका छन । न्यु मेहेन्दि सेन्टरका ओम प्रकाश शर्मा पनि निकै राम्रो डिजाइनर हुन । उनको डिजाइनलाइ के मोडेल के हिरोइन सबै सेलीब्रेटिहरुले मन  पराएकाछन । उनी निकै पृथक डिजाइन बनाउन खप्पीस छन । उनी एक घण्टामा ४ जनासम्मलाइ मेहेन्दि लगाउन सक्छन । डिजाइन हेरी मेहेन्दिको दस्तुर उनले लिने गरेका छन । उनी भन्छन मेहेन्दिले हातको शोभा बढाउछ । यो अहिले फेशनको प्रयाय बन्दै गएको उनी बताउछन । अहिले नेपाली बजारमा बिवाह मेहेन्दि , राजस्थानी मेहेन्दि , अरेबिक मेहेन्दि , फ्रेन्च मेहेन्दि तथा मेहेन्दिका टयाटुपनि चलनमा रहेको छ । एक पटक मेहेन्दि हातमा लगाएपछि यसले १५ दिनसम्म हातको शोभा बढाइरहन्छ । बिशेषगरी महिलाहरुले श्रावण महिना तथा तीजको मौका पारेर हातमा मेहेन्दि लगाउने गरेका छन । नेपाली बजारमा पुनम , निशा , नुपुर लगायतको ब्राण्डको ब्रर्चश्व रहेको छ । यि ब्राण्डमा कुनै प्रकारको रंग प्रयोग गरिएको छैन । 

 Image