जाडोमा न्याना पहिरन
वातावरणीय तापक्रम घटेसँगै शरीरलाई न्यानोपन प्रदान गर्ने ‘फेसन स्टाइल’ मा आकर्षण बढ्नु स्वाभाविक हो । आफ्नो व्यक्तित्वलाई आकर्षक रूपमा प्रस्तुत गर्न चाहनेहरूका लागि ‘विन्टर फेसन एसेसरिज’ ले यसमा थुप्रै विकल्प प्रदान गर्न सक्छ ।
बिनी
यो क्याप लेदर ज्याकेट र ब्लु जिन्समा निकै राम्रो देखिन्छ । बुटका साथमा पनि यो ह्याट सार्है राम्रो देखिन्छ ।
ट्रेपर हेट
यसलाई फिटेट डेनिम जिन्सका साथ लगाउन सकिन्छ । यो लुकमा स्नो बुट राम्रो देखिन्छ ।
कासेक ह्याट
यो लामो कोटका साथमा राम्रो देखिन्छ । लेदरको हाइ बुट्स यो लुकमा परफेक्ट देखिन्छ ।
वल पेकर ह्याट
यो बुनेको स्वेटर तथा स्किनी जिन्सका साथमा राम्रो देखिन्छ । यसका साथमा एंकल बुट आकर्षक हुन्छ । यसमा क्लच पनि बोक्न सकिन्छ ।
फोहोरा ह्याट
यसलाई फ्लोइ परिधान वा स्कर्टका साथ लगाउन सकिन्छ ।