Successfully Copied

सुन्दर छाती

छाती कुनै पनि महिलाका लागि सुन्दरताको विशेष पक्ष हो । यसको साइज प्लस छ भने महिलाको मन आफ्नो फिगरलाई लिएर उदास हुँदैन । सानो छाती बढाउन युवतीहरू हरेक विधि अपनाउन तयार हुन्छन् । यसका लागि थुप्रै विकल्प पनि छन् ।

छाती कुनै पनि महिलाका लागि सुन्दरताको विशेष पक्ष हो । यसको साइज प्लस छ भने महिलाको मन आफ्नो फिगरलाई लिएर उदास हुँदैन । सानो छाती बढाउन युवतीहरू हरेक विधि अपनाउन तयार हुन्छन् । यसका लागि थुप्रै विकल्प पनि छन् । सबैभन्दा सफल उपाय ब्रेस्ट इम्प्लान्ट हो । यो महँगो छ तर परिणामले मुहारमा मुस्कान छर्ने काम गर्छ । ब्रेस्ट इम्प्लान्टले युवतीमा ब्रेस्टलाई लिएर उब्जिएको हीन भावना हटाउँछ । ब्रेस्ट इम्प्लान्ट युवतीको शरीर एवं आत्मविश्वाससित जोडिएको सेन्सेटिभ कुरा हो । यद्यपि आफ्नो ब्रेस्टको साइज ठूलो भए आफ्नो साथीलाई इम्प्रेस गर्न सकिन्छ वा सेक्सुयल प्लेगर बढाउन सकिन्छ वा श्रीमान्को एक्स्ट्रा मेरिटल अफेयरलाई रोक्न सकिन्छ भनेर सोच्नु गलत हो । तैपनि शरीरमा कुनै कमीले सम्बन्धविच्छेदको स्थिति सिर्जना नगर्ला भन्न सकिँदैन । कतिपयले शरीरको कमीलाई ठूलो विषय बनाउँछन्, कारण स्त्री–पुरुषको सफल शारीरिक सम्बन्धमा शारीरिक कमी–कमजोरी बाधक बन्न पुग्छ ।

धेरैजसो महिलामा स्वस्थ तथा सुन्दर ब्रेस्टको चाहना हुन्छ । ब्रेस्टको साइज सही भए महिलाको आत्मविश्वास बढ्छ । त्यसैले युवतीहरू ब्रेस्ट इम्प्लान्ट गर्न इच्छुक हुन्छन् । आजभोलि यस्ता सफ्टवेयर पनि उपलब्ध छन्, जसमा युवती आफ्नो ब्रेस्टको वास्तविक आकारलाई हेरेर आफ्नो इच्छाअनुसार ब्रेस्टको साइज तय गर्न सक्छन् । यो कुरा उनलाई डिजिटल फोटोको माध्यमबाट थाहा हुन्छ । यसबाट सर्जरीपछिको रिजल्ट पहिले नै थाहा हुन्छ । करिब डेढ घन्टाको सर्जरीका क्रममा ब्रेस्टमा सिलिकन हालिन्छ । धेरैजसो केसमा सिलिकन २ सय सिसीभन्दा बढी प्रयोग गरिन्छ । यो युवतीको इच्छामा निर्भर हुने कुरा हो । सिलिकन इम्प्लान्ट फाट््यो भने पुन: सर्जरी गरिन्छ तर यस्तो सम्भावना ५ प्रतिशत मात्र रहन्छ । त्यसो त ब्रेस्ट इम्प्लान्टको ग्यारेन्टी हुँदैन, यो एकदिनपछि पनि खराब हुन सक्छ र २० वर्षसम्म चल्न पनि सक्छ । यो एउटा मेकानिकल डिवाइस भएको हुनाले यसमा कुनै खराबी आए फेर्न पनि सकिन्छ ।

ठूलो साइजको ब्रेस्टको चाहना राख्नेहरूका लागि हिजोआज ब्रेस्ट सर्जरी विद फ्याट इन्जेक्ट पनि लोकप्रिय छ जुन नयाँ प्रविधि हो । विशेषज्ञहरूका अनुसार २०१० मा अमेरिकन मेडिकल एसोसिएसनले बिग ब्रेस्टका लागि फ्याट सर्जरीलाई अनुमति दिएको थियो । पेटमा जमेको फ्याटलाई इन्जेक्सनद्वारा निकालेर त्यसलाई ब्रेस्टमा इन्जेक्ट गरेर ब्रेस्टलाई फुलर लुक दिइन्छ । यो सर्जरीको एक मात्र नकारात्मक पक्ष हो–यसका लागि २–३ सिटिङ्स लाग्नु । कुनै युवतीको ब्रेस्ट साइजमा फरक छ वा क्यान्सरका कारण एउटा ब्रेस्ट निकालिएको छ भने फ्याट ग्राफ्टिङ फाइदाजनक हुन्छ तर यसमा इम्प्लान्टको जस्तो प्रभाव पाइँदैन । जो इम्प्लान्टपछि अलिकति पनि कटमार्क चाहँदैनन्, उनीहरूले फ्याट ग्राफ्टिङ गराउन सक्छन् । सिलिकन इम्प्लान्ट र फ्याट ग्राफ्टिङमा फरक छ । फ्याट ग्राफ्टिङमा आफ्नै शरीरको टिस्युजलाई प्रयोग गरिन्छ । कुनै आर्टिफिसियल कुरा शरीरमा हालिँदैन । जस्तो साइज बढे पनि त्यो नेचुरल देखिन्छ । धेरै ठूलो सिलिकन इम्प्लान्ट गर्दा ब्रेस्ट नेचुलर देखिँदैन । फ्याट ग्राफ्टिङमा साइज बढाउने सीमा हुन्छ । यो सर्जरीमा एकदेखि डेढ इन्चसम्म मात्र साइज बढ्छ । यसमा सिलिकन इम्प्लान्टको तुलनामा बढी खर्च लाग्छ । 

नवयुवतीहरू ब्रेस्ट क्रिम र मसाज तेलबाट आफ्नो ब्रेस्ट साइज बढाउन लालायित देखिन्छन् । स्त्रीरोग विशेषज्ञहरूका अनुसार ब्रेस्टको टिस्यु मालिसपछि कस्सिन्छ तर ती क्रिमले ब्रेस्टको एक साइज बढाउन ग्यारेन्टी दिन सक्दैनन् । चिकित्सकहरूका अनुसार मसाज क्रिमले बेस्टमा एन्टी सेल्युलाइट क्रिमले जस्तै काम गर्छ तर यसले साइज बढ्छ नै भन्ने हुँदैन । आयुर्वेद चिकित्सकहरूका अनुसार विशेष मसाज र लेप थेरापीबाट फाइदा हुन्छ । हरेक मसाज र लेपको कम्तीमा ५ सिटिङ हुन्छ र ६ सातासम्म नियमित मालिस गर्न भनिन्छ । यसको परिणाम राम्रो हुन्छ । 

बिग र टोन्ड ब्रेस्टका लागि सबैभन्दा सजिलो उपाय केही विशेष ब्रेस्ट एक्सरसाइज हो । फिटनेस एक्सपर्टहरूका अनुसार लुज ब्रेस्ट भएकाले पनि यी एक्सरसाइजबाट लाभ प्राप्त गर्न सक्छन् ।

 Image