Successfully Copied

थर्माेहब फेसियल

थर्माेहब फेसियलमा थर्माेहर्ब मास्कको प्रयोगले निस्तेज छालामा चमक ल्याउने, झोल्लिएको छालालाई कसिलो बनाउने, समय नै नपुगी अनुहारमा देखिने चाउरी कम गर्ने, सुख्खा छाला नरम बनाउने आदि गुण हुन्छ ।

गीता भण्डारी, गुड न्यू आइ टी सी ब्युटिपार्लर, कलंकी

अहिले वातावरण सारै प्रदूषित छ । धूवाँ, धूलो र कामको व्यस्तताले छाला त्यत्तिकै बिग्रिरहेको हुन्छ ।  घर वा भान्सामै उपलब्ध हुने चीजबाट छालाको दैनिक स्याहार गर्न सकियो भने पार्लरमा गएर पैसा खर्च गरिरहनु पर्दैन । ग्लावोनिक मेसिनबाट गरिने फेसियलभन्दा हर्बल फेसियल बढी प्रभावकारी हुन्छ । थर्माेहब फेसियलमा थर्माेहर्ब मास्कको प्रयोगले निस्तेज छालामा चमक ल्याउने, झोल्लिएको छालालाई कसिलो बनाउने, समय नै नपुगी अनुहारमा देखिने चाउरी कम गर्ने, सुख्खा छाला नरम बनाउने आदि गुण हुन्छ । यो छालामा देखिने चायाँ, पोतो, ब्ल्याकहेड्सका लागि पनि लाभदायक उपचार हो । यो फेसियलमा कुनै पनि रसायन प्रयोग गरिँदैन । यो मास्क बेल, गुलाब, पुदिना, चन्दन, काँक्रो, चुकन्दर, तुलसी आदिबाट बनेको हुन्छ । यसको मास्क लगाउँदा ताप आउँछ । यसको मुख्य आधार मुलतानी माटो हो । यो मास्क अनुहारमा कडा हुन्छ । थर्माे मास्कमा ४० डिग्री सेन्टिग्रेटसम्म ताप निकाल्ने क्षमता हुन्छ, तापबाट रक्तसञ्चार बढ्छ । जब मास्क चिसो हुन्छ त्यसबाट खुल्ला रोमछिद्र बन्द हुन्छ र छाला कसिलो हुन्छ । सामान्यतया थर्माेहब मास्क ३० वर्ष कटेपछि मात्र गराउनुपर्छ भनिन्छ तर छालाको समस्या पहिचान गरेर २० वर्षपछि पनि यसको प्रयोग गर्न सकिन्छ ।  

 Image