समयअनुसार चल्न सक्नुपर्छ । पुरानो ट्ेरन्डलाई पनि आकर्षक तथा नयाँ बनाउन सकिन्छ । आफ्नो स्टाइल तथा स्टेटमेन्ट बनाएर हिँड्ने नयाँ ट्ेरन्ड अहिले लोकप्रिय छ । युवा पुस्तामा झाँगिएको यो नयाँ तथा आधुनिक ट्ेरन्डले सबैको ध्यान पनि तानेको छ । फेसनेबल तथा जवान लुक्स दिन धेरै मेहनत पनि गर्नुपर्दैन । बजारमा आएको कुनै नयाँ ट्ेरन्डको आउटफिट लगाए पुग्छ ।
प्लाज
पेट र स्कर्टको कम्बिनेसनलाई ध्यानमा राखी डिजाइन गरिएको प्लाज अहिले फेसनमा छ । यो पहिरनलाई स्टाइल स्टेटमेन्ट पनि बनाउन सकिन्छ । प्लाजले स्टाइलिस लुक्स दिन्छ भने यो आरामदायक पनि हुन्छ । प्लेन भन्दा प्रिन्टेड प्लाजले आकर्षक लुक्स प्रदान गर्छ । नियमित प्रयोग गर्नेहरूले प्लाजमा सेतो अथवा कालो टिसर्ट लगाउन सक्छन् । फेमिनिन लुक्स दिनलाई प्लाजका साथमा लेस वा इम्ब्रोइडरी गरिएको टप्स म्याच गर्छ । प्लाजमा ज्याकेट वा ब्लेजर लगाएर फर्मल लुक्स दिन सकिन्छ । यसमा हाई हिल, ब्राड बेल्ट तथा हेभी ब्यागले आकर्षक क्याजुअल लुक्स दिन्छ ।
जम्पसुट
आफ्नो वार्डरोबमा टुइन वान जम्पसुट राख्न सकिन्छ । जम्पसुटले जिन्स, पाइन्ट, सर्ट, टिसर्ट आदि अलग–अलग लगाउने झन्झट हटाइदिन्छ । सुपर स्टाइलिस लुक्स दिन स्टेप वाला जम्पसुट खरिद गर्नुपर्छ । स्लिभ वा स्लिभलेसले युवतीहरूलाई बढी सुन्दर देखाउँछ । जम्पसुटलाई फरक लुक्स दिन ज्याकेट पनि लगाउन सकिन्छ । कुल तथा फ्रेस लुक्सका लागि प्रिन्टेड जम्पसुट लगाउनु उपयुक्त हुन्छ । फंकी लुक्सका लागि भने प्लेन सेतो वा कालो रंगको जम्पसुट लगाउनुपर्छ । जम्पसुटको पूर्ण लुक्सका लागि पेन्सिल हिल लगाएर ब्याग बोक्न सकिन्छ ।
क्रप टप्स
हट लुक्सका लागि नियमित टिसर्ट वा टप्सका साथमा क्रप टप्स लगाए फरक देखिन सकिन्छ । क्रप टप्स छनोट गर्दा शारीरिक बनावटमा ध्यान दिनुपर्छ । सही छनोटले पर्फेक्ट लुक्स दिन्छ । क्रप टप्समा हाइवेस्ट पेन्ट लगाउन सकिन्छ । पार्टी वेयरमा ए लाइन स्कर्टमा पनि क्रप टप्स लगाउन मिल्छ । प्लेन तथा प्रिन्टेड दुवै प्रकारका क्रप टप्स आफ्नो कलेक्सनमा हुनु उचित हुन्छ ।
फिटिङ क्रप टप्स लगाउन असजिलो भए लुज क्रप टप्स लगाउनुपर्छ । क्रप डिजाइनले सभ्य लुक्स पनि दिन्छ ।
मेक्सी
गाउन प्राय: सबैलाई मनपर्छ । यद्यपि विशेष अवसरमा गाउन लगाउन मन नलागेको खण्डमा फरक लुक्स दिन मेक्सी लगाउन सकिन्छ । रेगुलर पहिरनका रूपमा बाहेक पनि नाइट वा डे पार्टीहरूमा पनि मेक्सी लगाउन सकिन्छ । अहिलेको लोकप्रिय फेसन मेक्सीले आधुनिक लुक्स दिन्छ । यो पहिरन किन्दा फ्लेयरमा ध्यान दिनुपर्छ । मेक्सी जति घेरादार हुन्छ उति नै सुन्दर देखिन्छ । कुुर्कच्चासम्मको मेक्सीले रोयल लुक्स दिन्छ भने प्रिन्टेड मेक्सीले फ्रेस लुक्स दिन्छ ।
डेनिम सर्ट
हिजोआज डेनिम सर्ट पनि लोकप्रिय छ । सदाबहार पहिरनका रूपमा परिचित डेनिम सर्टमा युवतीहरूको आकर्षण बढी छ । स्टाइलिस र पर्फेक्ट लुक्सका लागि डेनिम पहिलो नम्बरमा पर्छ । अगाडि पकेट भएको डेनिम सर्ट समग्रमा सुपर फेसनेबल हुन्छ । ट्ेरन्डी लुक्सका लागि रातो, ओरेन्ज वा पिंक कलर छनोट गर्नुपर्छ । फर्मल लुक्स दिन डेनिम सर्टमाथि बेल्ट लगाउन सकिन्छ । सेतो जिन्समा ब्लु डेनिम सर्टको कम्बिनेसन आकर्षक हुन्छ । डेनिम सर्ट खरिद गर्दा कलर कम्बिनेसनमा विशेष ध्यान पुर्याउनुपर्छ ।