कम्प्लिट लुक्सका लागि स्टाइलिस आउटफिटका साथ ट्रेन्डी एसेसरिजको आवश्यकता पर्छ । कालो पहिरनमा सेतो रंगको क्लच राम्रो देखिन्छ । रातो स्कर्टमा कालो रंगको सेन्डल म्याच गर्छ । प्लेन सेतो ड्रेसमा पहेंलो ब्याग सुहाउँछ । सिम्पल आउटफिटमा पनि एसेसरिजले फरक लुक्स बनाइदिन्छ । यसका लागि सामानको छनोट राम्रो हुनु आवश्यक छ ।
इयरिङ
अनुहारको फेस कटअनुसार अथवा आउटफिटअनुसार इयरिङ छनोट गर्नुपर्छ । आजभोलि गाउन तथा सर्ट वेस्टन आउटफिटमा गहना लगाउने चलन छ । आफ्नो पहिरनसँग कम्बिनेसन मिलाएर पनि गहना लगाउन सकिन्छ । साडी, लेहेंगा–चोली आदिमा परम्परागत गोल्ड इयरिङ सुहाउँछ । आउटफिटमा इयरिङ म्याच नभए कन्ट्रास्ट सेट प्रयोग गर्नुपर्छ ।
नेकपिस
नौलखा हार होस् वा मोतीको माला अवस्था हेरेर लगाइयो भने नेकपिसको सुन्दरता बढ्छ । सबैको आँखा सुन्दर कुरामै पुग्छ । यसकारण आफूलाई आकर्षक देखाउन नेकपिसमा ध्यान पुर्याउनु आवश्यक छ । विवाह वा विशेष महत्व राख्ने खालका कार्यक्रमहरूमा जडी भरिएको नेकपिस लगाउनु उपयुक्त हुन्छ । फ्युजन लुक्सका लागि वेस्ट्रन आउटफिटमा ट्रेडिसनल गहना लगाउन सकिन्छ । नेकपिस असाध्यै मनपर्छ भने आफ्नो स्टाइल स्टेटमेन्ट आफैंले बनाउन सकिन्छ । कैंची नेकपिस लगाएर सबैभन्दा फरक स्टाइलमा पनि हिँड्न सकिन्छ । कालो आउटफिटमा सेतो, रातोमा हरियो सेटको नेकपिस असाध्यै खुल्छ । दैनिक प्रयोगका लागि डेलिकेट चेन तथा मोतीको माला लगाउन सकिन्छ । निजी गहना बक्समा एउटा सिम्पल मोतीको माला राख्नुपर्छ किनभने यसले रोयल लुक्स दिन्छ ।
घडी
घडीले पनि मानिसको व्यक्तित्वलाई विशेष लुक्स दिन्छ । विभिन्न समारोह अथवा महत्वपूर्ण दिनमा छनोट गरेर लगाए घडीले लुक्समा ठूलो फरक ल्याउँछ । अफिस जाँदा कालो, ब्राउन, ब्लु वा क्रिम कलरको घडी उपयुक्त हुन्छ । इभिनिङ वा नाइट पार्टीमा सिल्भर, गोल्डेन सेट लगाउन सकिन्छ । गोल्ड र सिल्भर वेस भएको घडीभन्दा डायमन्डको घडी बढी आकर्षक देखिन्छ । फंकी लुक्सका लागि लेदर वा मेटलको भन्दा प्लास्टिक वा रबरको घडी उपयुक्त हुन्छ । विवाह आदि विशेष समारोहमा भने गोल्ड वाच राम्रो हुन्छ । एभरग्रिन ब्ल्याक स्ट्रेप वाच आफ्नो कलेक्सनमा राख्नुपर्छ किनभने यो घडी जुनसुकै पहिरनमा सुहाउँछ ।
चुरा
चुरा वेस्टन आउटफिटमा असाध्यै म्याच गर्छ । यसैगरी ट्रेडिसनल पहिरनमा पनि चुराले हातको शोभा बढाउँछ । धेरै चुरा लगाउनुको साटो स्टाइलिस लुक्स दिने एउटा चुरा आकर्षक देखिन्छ । दुवै हातमा एउटै खालका चुरा लगाउनु हुँदैन त्यसले खासै राम्रो लुक्स दिँदैन । सादा कपडामा रंगीचंगी अथवा कलरफुल चुरा लगाउँदा आकर्षक देखिन्छ । एउटै हातमा दुई रंगका चुरा पनि लगाउन सकिन्छ । हात मोटो र छोटो छ भने बढी चौडा आकारका चुरा लगाउनु हुँदैन ।
बेल्ट
बेल्टले शरीरको कमजोरीलाई छोपेर राम्रो अथवा खास लुक्स दिन्छ । आफूसँग कम्तीमा चारवटा जति बेल्ट हुनुपर्छ । कम्मर पातलो छ भने ठूलो बेल्ट तथा कम्मर मोटो छ भने पातलो बेल्ट लगाउनु उपयुक्त हुन्छ । पार्टी–फंक्सनमा जाँदा ज्वेल्ड बेल्ट लगाउन छुटाउनुहँुदैन । जिन्सबाहेक बाक्लो स्कर्ट तथा सर्ट ड्ेरसमा पनि बेल्ट लगाउन सकिन्छ । प्लेन ड्ेरसमा ज्वेल्ड वा फ्लावरयुक्त बेल्ट आकर्षक देखिन्छ ।
ब्याग
ब्याग पैसा, मेकअप कीटजस्ता जरुरी सामान राख्न काम लाग्छ । ब्यागले बल्की वा कम्पिट लुक्स पनि दिन्छ । ब्याग किन्दा भने विशेष ध्यान पुर्याउनुपर्छ । क्लच, ह्याण्ड ब्याग, स्लिंग ब्याग, बोल्ड प्रिन्टवाला ब्याग अहिले ट्ेरेन्डमा छन् । ट्ेरडिसनल आउटफिटमा सानो ब्याग म्याच गर्छ । छोटो पहिरन तथा पार्टी वेयर गाउनमा क्लचको कम्बिनेसन आकर्षक हुन्छ ।
औंठी
मायाको प्रतीक मानिने औंठीलाई वैवाहिक समारोहको महत्वपूर्ण गहनाका रूपमा लिइन्छ । यसले हातको शोभा पनि बढाउँछ । स्टाइलिस लुक्सका लागि ठूलो आकारको औंठी उपयुक्त हुन्छ । कलेज जाने युवतीले ठूलो साइजमा पिंक कलरको औंठी लगाउन सक्छन् । डायमण्डको औंठीले गर्जियस लुक्स दिन्छ । ट्ेरडिसनल आउटफिटमा सुनको औंठी सुहाउँछ । आजभोलि औंलाजत्तिकै लामो स्टाइलको औंठी पनि आएको छ । यस्तो औंठी युवायुवतीहरूलाई सुहाउँछ ।
हेयर क्लिप
हेयर क्लिप, हेयर बेन्ड, हेयर पिन, स्कार्फ स्टाइलको हेयर एसेसरिजको फेसनले पनि लुक्सलाई खास वा स्टाइलिस बनाउन मद्दत गर्छ । केशलाई कुल लुक्स दिन वा व्यक्तित्वमा निखार ल्याउन योङ लुक्स दिन हेयर बेन्ड, क्लिप, स्कार्फ नै पर्याप्त हुन्छ । बनाना क्लिप्सले पनि लुक्सलाई फरक बनाउँछ । ट्रेडिसनल समारोहमा ज्वेल्ड हेयर एसेसरिज उपयुक्त हुन्छ ।
सनग्लास
धूलो तथा घामबाट आँखा जोगाउने खालका सनग्लासले लुक्सलाई फरक पहिचान दिन्छन् तर सनग्लास किन्दा आफ्नो फेसकटमा ध्यान दिनु आवश्यक छ । बोल्ड लुक्सका लागि बिग साइजको फ्रेमवाला सनग्लास उपयुक्त हुन्छ । ट्ेरन्डिसनल लुक्सका लागि भने पिंक, पर्पल, ब्लु, रेड कलरको फ्रेम भएको चस्मा राम्रो हुन्छ । जवान देखिन बोल्ड सेप भएको सनग्लास लगाउन सकिन्छ ।
फुटवेयर
लगाउन सजिलो तथा स्टाइलिस फुटवेयर छनोट गर्नुपर्छ । पार्टीका लागि ककटेल ड्रेसमा पेन्सिलवाला फुटवेयर उपयुक्त हुन्छ । आरामदायक र स्टाइल दुवैको कम्बिनेसन प्लेटफर्म जुत्तामा पनि पाइन्छ । विवाह तथा विशेष समारोहमा सिक्वेन्स, जर्दी वा वर्क गरेको हिल लगाउनुपर्छ । फंकी लुक्सका लागि फ्लिप–फ्लप, स्लिप–अन ट्रेन्डका फुटवेयर हुन् । अफिस वेयरमा फर्मल तथा बेली जुत्ता उपयुक्त हुन्छन् ।