बेबी सफ्ट छाला पाउनका लागि महमा दूध मिलाएर पेस्ट बनाउनुपर्छ । यसलाइ केही समय अनुहारमा प्रयोग गरेपछि १० मिनेटसम्म राखेर अनुहारलाई चिसो पानीले सफा गर्नुपर्छ ।अनुहारमा साताको एक पटक बेबीओइलले मसाज गर्नुपर्छ । यसले छाला नरम हुन्छ ।अनुहारमा साताको द्ुईपटक मह तथा कागतीको रस मिसाएर १० मिनेटसम्म मसाज गर्नुपर्छ । यसले छालालाई नरम बनाउँछ ।
ओठको डेड स्किन निकाल्नका लागि सफ्ट ब्रसले केही समय ब्रस गर्नुपर्छ । यसले ओठको डेड स्किन निकालेर ओठ नरम बनाउँछ ।
ओठमा गुलाबको फुल रगड्दा पनि ओठ नरम बन्छ । यसले ओठको रंग गुलाबी बनाउँछ ।
मेकअप गर्नु पहिले अनुहारमा आइस रगड्नुपर्छ । यसले मेकअप लामो समयसम्म टिक्छ ।
लिपस्टिक लगाउनका लागि लिप ब्रसको प्रयोग गर्नुपर्छ । यसले ओठमा लिपस्टिक अप्लाई भएर लामो समयसम्म लिपस्टिक रहन्छ ।
फेयर कम्पेक्सन भएकाहरूले फाउन्डेसन लगाउन बच्नुपर्छ । मोइश्चराइजर युक्त फाउन्डेसन प्रयोग गर्नुपर्छ ।लिपिस्टिकलाई ब्लसको हिसाबले प्रयोग गर्न सकिन्छ तर ब्लसलाई लिपिस्टिकको हिसाबले प्रयोग गर्न सकिादैन ।