लक्ष्मी श्रेष्ठ, अल ब्युटि पार्लर, वनेपा
व्यस्त समयका कारण धेरैजसोले नङको त्यति हेरचाह गरेको देखिँदैन । त्यसैले नङ भाँचिने, टुट्ने समस्या उत्पन्न हुन्छ । हात तथा औंलाको सुन्दरतामा कमी नआओस् भनेर त्यसको सुरक्षा एवं हेरचाह गर्नु आवश्यक छ । रिमुभर बढी प्रयोग गर्दा पनि नङ भाँचिने तथा टुक्रने समस्या सिर्जना हुन्छ । कुनै पनि केमिकल हातमा पन्जा लगाएर मात्र चलाउनुपर्छ । गाढा कलरको नेलपालिस पहिले बेसकोटपछि मात्र लगाउनुपर्छ । राति सुत्नुअघि नङ सफा गरी क्युटिकल क्रिम लगाएर सुत्ने । महिनामा दुई पटक मेनिक्योर तथा पेडिक्योर गराउने । यी सबै कुरामा ध्यान दिइयो भने नङ भाँचिने समस्या हुँदैन । मानिस कत्तिको स्वस्थ छ भन्ने कुरा नङ हेरेर पनि थाहा पाउन सकिन्छ । गुलाबी नङलाई स्वस्थ नङ मानिन्छ । हातलाई अझ सुन्दर देखाउन विभिन्न किसिमका नेल आर्ट गर्न सकिन्छ । व्यस्त महिलाहरूका लागि स्थायी नेल आर्ट उपयुक्त हुन्छ । यो सफा पनि देखिन्छ र धेरै स्याहारको आवश्यकता पनि पर्दैन । अहिले स्थायी नेल आर्टमा पनि फ्रेन्च नेल आर्ट बढी प्रचलित छ । स्थायी नेल आर्ट किचेनमै व्यस्त महिलाहरूका लागि पनि उपयुक्त हुन्छ ।