न्याना पहिरन
परिस्थिति असहज भएकाले अहिले भोजभतेर त्यति हुँदैन । त्यसैले क्याजुअल वेयर लगाउनु वेश हुन्छ । पस्मिना वुलनको कुर्ता, टप, वानपिस, टि–सर्ट, ऊलनको कोट, प्यान्ट, रंग म्याचिङ गरेर लगाउन सकिन्छ ।
शरद ऋतुको यो मीठो मौसममा हलुका मेकअप तथा आफुलाई मनपर्ने पहिरनमा हिँड्नु उपयुक्त हुन्छ । यहाँ सौन्दर्यविद् बसुदा बजिमयले मोडेललाई मौसम अनुरूप मेकअप गरिदिएकी छिन् । गहुँगोरी मोडेल तथा एंकर सफलता लामालाई उनले हलुका मेकअप गरिदिएकी छिन् भने आँखालाई स्मोकी लुक दिएकी छिन् । सिल्की कपाललाई नयाँपन दिन ग्रेजुएसन शैली अँगालेकी छिन् । मोडलको मेकअप तथा हेयर निकै खुलेको छ ।
मेकअप : बसुदा बजिमय, सिन्ड्रेला व्युटिपार्लर
मोडेल : सफलता लामा
तस्बिर : नवराज वाग्ले
संयोजन : झरना नहर्की