आरामदायक ‘नाइट ड्रेस’
रातिको समय ‘नाइट ड्रेस’ लगाएर सुत्दा शरीरलाई आराम मिल्छ र निद्रा राम्रो लाग्छ । स्वस्थ जीवनशैलीका लागि पर्याप्त निद्रा धेरै जरुरी हुन्छ ।

केही समयअघि हङकङमा नेपाली फेसनको प्रदर्शनी सम्पन्न भयो । लामो समयदेखि हङकङमा बस्दै आएका नेपाली तथा विभिन्न देशका नागरिकले उक्त प्रदर्शनी अवलोकन गरेका थिए । बागबजारस्थित सिटी स्क्वायर वान्ट टु वेयरका डिजाइनर पुरु तन्डुकार तथा ईश्वर श्रेष्ठले हङकङमै ब्युटिपार्लर सञ्चालन गर्दै आएकी जयन्ती गुरुङ र विनय शाहको सहयोगमा उक्त दसदिने नेपाली फेसन डिजाइनको प्रदर्शन सम्भव तुल्याए । प्रदर्शनीमा लेहेंगा–साडी, वान पिस, कुर्ता राखिएका थिए । विश्वमा छरिएर रहेका नेपालीहरूको माग आफ्नै देशका पहिरनतर्फ बढ्दै गएकाले प्रदर्शनीको आयोजना गरिएको डिजाइनर पुरु तन्डुकारले जानकारी दिए । अर्का डिजाइनर ईश्वर भन्छन्– विदेशमा हुने यस्ता प्रदर्शनीले डिजाइन क्षेत्रको दायरा फराकिलो पार्न सक्ने र मुलुकको आर्थिक क्षेत्रमा टेवा पुग्छ ।