Successfully Copied

दसैंका लागि पहिरन

अहिले धेरैजसो महिला साडी, कुर्तामा धेरै नहिँडिने भएकाले दसैंमा पनि सजिलो र आकर्षक देखिने पहिरनमा हिँड्न रुचाउँछन् । त्यसैले टिनएजरदेखि ४० वर्षसम्मका लागि लङ स्कर्टमा ज्याकेट, लङ अनारकलीमा ज्याकेट आदिको लोकप्रियता बढ्दो छ ।

सविना महर्जन अवाले, लाइक्रा बुटिक, ज्वागल कुपण्डोल

दसैं भन्नासाथ मानिसहरू हेभी पहिरन लगाउन खोज्छन् । यद्यपि यो समयमा मठ–मन्दिर गैरहनुपर्ने, नाचगान, तास एवं घुमघाम चलिरहने तथा पकाएर ख्वाइरहनुपर्ने भएकाले हेभी पहिरन लगाउनु हुँदैन । कलर र स्टाइलमा फेस्टिभ लुक्स आउने गरी हल्का फेब्रिकमा सजिलो पहिरन उपयुक्त हुन्छ । धेरै भड्किलो कलर पनि राम्रो हुँदैन । कटन र सिल्कमा पनि अचेल महिलाहरू डिजाइनर वर्क खोज्छन् । यो खुसीको पर्व भएकाले ब्राइट कलरहरू रातो, पहेंलो, हरियो राम्रो देखिए पनि यसपटक पिच कलर, लाइट ब्लुजस्ता न्युड कलर फेसनमा छन् । टीकाको समयदेखि हल्का वर्क गरेको हल्का फेब्रिककै साडी उपयुक्त हुन्छ । अहिले धेरैजसो महिला साडी, कुर्तामा धेरै नहिँडिने भएकाले दसैंमा पनि सजिलो र आकर्षक देखिने पहिरनमा हिँड्न रुचाउँछन् ।  त्यसैले टिनएजरदेखि ४० वर्षसम्मका लागि लङ स्कर्टमा ज्याकेट, लङ अनारकलीमा ज्याकेट आदिको लोकप्रियता बढ्दो छ । ज्याकेटमा बटन प्रयोग नगरी जिपर प्रयोग गर्दा मेटालिक लुक्स प्राप्त हुन्छ । लेहेंगाको माथिको टपमा पनि जिपर लगाउन सकिन्छ । यसपटकका लागि रसिल्क, फ्लोर प्रिन्ट, पिन टक तथा जर्जेट फेसनमा छ भने सेल्फ प्रिन्ट नै बढी चलेको छ । कुनैमा जरी, कुनैमा धागो त कुनै सिताराले वर्क गरेर डिजाइन गराउन सकिन्छ । ज्याकेटमा ओपन नगरी चाइनिज र ब्याकमा हाई बनाउँदा अझ स्टाइलिस्ट देखिन्छ । स्टान्डर लुक्सका साथमा सल नचाहिने भएकाले दसैंको व्यस्ततामा सल क्यारी गर्नु पर्दैन । लङ स्कर्टमा एउटा मात्र बोर्डर, कुनैमा भित्रबाट इनर पेस्टिङ गरी मोटो देखाउने । लङ अनारकलीमा पनि हेबी बोर्डर राख्ने जसले माथिको ज्याकेटसँग म्याच गर्छ ।

साडी नै लगाउने हो भने सिफन, जर्जेट वा नेटमा हल्का बोर्डर प्याच गरिएको साडी  उपयुक्त हुन्छ । यस्तो साडीमा कन्ट्रास्ट कलरको ब्लाउज लगाउनुपर्छ ।  पहिले फेसनमा रहेका फिक्स साडी यसपटक फेसन आउट भएका छन् । त्यसैले सिम्पल साडी नै लगाउनु उपयुक्त हुन्छ । एलिगेन्ट देखिन भेल्भेटको लेस वर्क बोर्डर राखेर साडी तयार गर्न सकिन्छ । यसपटक हेभी वर्क तथा ह्यान्ड वर्कभन्दा थ्रेड वर्क तथा रिबन वर्क गरिएका ब्लाउजको फेसन आउँदैछ । दसैंमा यस्तै ब्लाउजले बजार लिने देखिन्छ । यसपटकको दसैंमा अलिअलि चिसो सुरु हुने भएकाले भेल्भेटका डिजाइनर ब्लाउज उपयुक्त हुन्छन् । ४० वर्षसम्मका महिलाहरूका लागि लेहेंगा पनि उपयुक्त हुन्छ । टिनएजरहरूलाई सानो बोर्डर भएको प्रिन्टेड लेहेंगा राम्रो देखिन्छ भने मिडिल एजले भरेको ब्लाउजमा नेट तथा जर्जेटकै लेहेंगा लगाउन सक्छन् । लेहेंगालाई मरमिट सेप, फिस कट दिएर बनाउन सकिन्छ । यसपटक ज्याकेट स्टाइलको चोलीको बजार पनि छ । सलको झन्झट नहुने यो स्टाइल हरेक उमेरकाले रुचाउने देखिन्छ । दसैंका लागि कुर्तामा कलर र फेब्रिक खेलाएर धेरै डिजाइन निकाल्ने तयारी सबै डिजाइनरको छ । २० वर्षदेखि ४० वर्षसम्मका महिलाहरूका लागि कुर्तामा कन्ट्रास्ट कलर डिजाइन गर्दा राम्रो देखिन्छ । यो दसैंका लागि चुरीदारभन्दा पञ्जावी तथा पटियाला र अलादिन सुरुवाल ट्रेन्डमा छ । अनारकलीलाई पनि व्यक्तिको उचाइ, मोटाइ र स्किन टोनअनुसार धेरै किसिमले मोडिफाइ गर्न सकिन्छ । लङमा माथि नेट दिएर मोर्डन टच दिन सकिन्छ । लामो अनारकलीले होचा र दुब्लालाई अझ सानो देखाउँछ । दुब्लो शरीर भएकाले फेयर धेरै भएको पहिरन लगाउनु हुँदैन । अनारकलीमा सफ्ट नेट नै उपयुक्त हुुन्छ जसले घेरा र फिनिसिङ राम्रो देखिन्छ । ४० प्लसहरूका लागि कुर्ता बनाउँदा कन्ट्रास्ट कलर डिजाइन गर्नु हँुदैन । उनीहरू एउटै रंगका कुर्ता–सुरुवाल लगाउन चाहन्छन् । यो उमेरका लागि इम्ब्रोइडरी तथा कढाइ गरिएका पञ्जावी कुर्ता बनाउनुपर्छ । एउटै कलर भए पनि सल प्रिन्टेड हुनुपर्छ । उमेर भएकाहरूले ओपन कुर्ता बढी रुचाउने भएकाले ओपन गरी स्टाइलिस्ट झुम्काहरू राखेर क्लासिक टच दिन सकिन्छ । यो उमेरकाले गोल्डेन तथा मरुनको कन्सेप्ट बढी मन पराउँछन् । 

 Image