Successfully Copied

दसैंका लागि डिजाइनर बेबी पहिरन

दसैंमा बढी रमाउने बालबालिकाहरू नै हुन् । उनीहरूले यसलाई लामो बिदा, घुम्न जाने, मीठो खाने, दक्षिणा पाउने र राम्रो लगाउने पर्वका रूपमा लिन्छन् । त्यसैले आमाबुवाहरू पनि आफूलाई भन्दा आफ्ना नानीहरूका लागि राम्रा पहिरन किन्न चाहन्छन् । ६ महिनादेखि २ वर्षसम्मका नानीहरू सारै

दसैंका लागि डिजाइनर बेबी पहिरन

मञ्जु बञ्जारा ढकाल, ड्रिम वेयर बुटिक, कुपण्डोल

दसैंमा बढी रमाउने बालबालिकाहरू नै हुन् । उनीहरूले यसलाई लामो बिदा, घुम्न जाने, मीठो खाने, दक्षिणा पाउने र राम्रो लगाउने पर्वका रूपमा लिन्छन् । त्यसैले आमाबुवाहरू पनि आफूलाई भन्दा आफ्ना नानीहरूका लागि राम्रा पहिरन किन्न चाहन्छन् । ६ महिनादेखि २ वर्षसम्मका नानीहरू सारै क्युट हुन्छन् । भेल्भेटका कपडामा ग्याडर चोलीवाला फ्रकमा गोल्डेन स्प्रिङ, विड्स तथा स्टोन प्रयोग गर्दा नानीहरू सुन्दर देखिन्छन् ।  भेल्भेटकै फ्लावर एट्याच हेडब्यान्ड तथा क्लिपहरू लगाइदिँदा उनीहरू साना परीजस्तै हुन्छन् । त्यसमा साथमा सिल्क, नेटमा भित्री सिल्क राखेर फेयरवाला फ्रक र त्यसमा म्याच हुने हेडब्यान्ड बनाइदिनुपर्छ । 

३ वर्षदेखि ७ वर्षका बालबालिकाहरूलाई जस्तो लुगा लगाए पनि सुहाउँछ । यद्यपि दसैंमा उनीहरू अरु बेलाभन्दा अझ राम्रो देखिऊन् भन्ने चाहना हरेक आमाको हुन्छ । अहिले यो उमेरका नानीहरूका लागि लेहेंगा चोली फेसनमा छ । अनारकली लेहेंगा, स्लिभलेस, हल्टर, ब्लाउज विथ नेट चोलीको फेसन छ । सलमा प्याच वर्क नै राम्रो देखिन्छ । लेहेंगाका लागि प्रिन्टेड, सेल्फ वर्क, थ्रेड वर्क, प्लेन नेटको फेब्रिक उपयुक्त हुन्छ भने चोली भने लाइट नै बनाइदिनुपर्छ । ठूलाहरूलाई जस्तो हेभी लेहेंगा बनाइदिनु हुँदैन । ब्लाउज सिल्क, भेल्भेट म्याच गरेर बनाउनुपर्छ ।  नानीहरू खेल्ने, दगुर्ने स्वभावका हुने भएकाले कम वर्क र इम्ब्रोइडरी पनि निकै कम गर्नुपर्छ । त्यसैले बोर्डर, प्याच वर्क नै राम्रो विकल्प हुन्छ । टिस्यु कपडाको वानपिस गाउनमा सिक्वेन्स विड्स र क्रिस्टल वर्क गरिएको पहिरन लगाइदिँदा नानीहरू निकै लोभलाग्दा देखिन्छन् । उनीहरूलाई भेल्भेट र नेट  फेब्रिक मिक्स गरिएको अनारकली कुर्ता पनि सुहाउँछ  । यो उमेरकाहरूका लागि धोती स्टाइलको सुरुवाल तथा छोटो कुर्ता पनि उपयुक्त पहिरन हो । चोली डिजाइनमा वानपिस फ्रकको डबल लेयरर्समा विड्स वर्क भएको डिजाइन आकर्षक देखिन्छ । यसलाई टिस्यु, नेट र सिक्वेन्स वर्क फेब्रिक प्रयोग गरेर लुगालाई फेस्टिभ मुडमा ढाल्न सकिन्छ । यो उमेरकाहरूलाई पोरिटेल फ्रक, सिक्वेन्स गर्लस् ड्रेसेज, फ्लेयरवाला कुर्ता तथा फ्लेयरवाला फ्रक पनि एकदमै सुहाउँछ ।

गाउन ८ वर्षदेखि १२ वर्षका शिशुहरूले बढी रुचाउने पहिरन हो । गाउनमा पनि प्रिन्सेस गाउन, ए लाइन गाउन, अम्ब्रेला गाउन, लेयरवाला गाउन फेसनमा छ । प्रिन्ेसस ड्रेसमा हेयरब्यान्डदेखि ग्लोबससम्म ड्रेसकै अनुसार बनाइने हुँदा बालिकाहरू राम्रा  देखिन्छन् । यो पहिरन अहिले बालिकाहरूको पहिलो च्वाइस पनि हो । गाउन नेट र जर्जेटकै राम्रो हुन्छ । अम्ब्रेला कुर्ता एकदमै राम्रो देखिन्छ । अम्ब्रेला कुर्तामा नेट र भेल्भेट फेब्रिक मिक्स गरेर विड्स एण्ड सिक्वेन्स, स्टोन वर्क गर्नुपर्छ । केटीहरूले रानी, रेड, हट पिंक, रोयल ब्लु कलर मन पराउँछन् र त्यो उनीहरूलाई सुहाउँछ पनि । भेल्भेट विथ इम्ब्रोडरी ड्रेस, भेल्भेट वानपिस, प्रिन्टेड नेटको वानपिस, मरमेट ड्रेस, लेहेंगा विथ प्लेटेड साडी आदि पनि यो उमेरका बालिकाका लागि आकर्षक देखिने पहिरन हुन् ।

बालकहरूलाई पठानी र शेरवानी निकै राम्रो देखिन्छ । पठानीमा हल्का प्लेन कपडाको कुर्ता र सलवार बनाएर वेस्ट कोटमा भने भेल्भेट फेब्रिकमा विड्स तथा स्प्रिङ वर्क गराउनुपर्छ । वेस्ट कोटका लागि डार्क पर्पल, डार्क रोयल ब्लु तथा मरुन सुट गर्छ । बालकहरूका लागि सफारी सेट राम्रो देखिन्छ । यसमा हाफ बाहुलामा बेल्ट एट्याच भएको डिजाइन छ भने साधारण सफारी सुटभन्दा फरक देखिन्छ । केटाहरूलाई वेस्ट कोट र पाइन्ट पनि राम्रै देखिन्छ । यो उमेरका शिशुहरूका लागि मास ग्रिन, ब्ल्याक तथा क्रिम कलर विशेष सुहाउँछ ।  

 Image