Successfully Copied

हिलका विभिन्न रूप

ज हिल वेज हिल सबैभन्दा आरामदायक हिल हो । यसमा अत्यन्त सहज रूपमा हिँडडुल गर्न सकिन्छ । यो हिलले खुट्टालाई पूर्णरूपमा सपोर्ट प्रदान गर्छ र कसैलाई कठिनाइ वा असहज महसुस हुँदैन ।

वेज हिल

वेज हिल सबैभन्दा आरामदायक हिल हो । यसमा अत्यन्त सहज रूपमा हिँडडुल गर्न सकिन्छ । यो हिलले खुट्टालाई पूर्णरूपमा सपोर्ट प्रदान गर्छ र कसैलाई कठिनाइ वा असहज महसुस हुँदैन । अन्य हिलले खुट्टामा समस्या हुन सक्छ तर यस्तो हिलमा कुनै समस्या हँुदैन ।

किटेन हिल

किटेन हिल कम्फर्टेबल र क्यारी गर्न इजी हुन्छ । यस प्रकारको हिल सबै प्रकारको आउटफिटमा लगाउन सकिन्छ । त्यसो त किटेन हिललाई युवा महिलाले स्टिलेटोज पनि भन्छन् । यसलाई सबै उमेरका महिलाले प्रयोग गर्न सक्छन् र यो कहिल्यै आउट अफ फेसन हँुदैन ।

हाई हिल बुट

एङ्कल बुट, नी हाई बुट र काउब्यवाइज बुट अत्यन्त ट्ेरेन्डी देखिन्छ । यसलाई हरेक ठाउँमा लगाउन सकिँदैन तर क्याजुयल वेयरका साथमा यसले मोडर्न लुक प्रदान गर्छ । नाइट आउट वा फेमिली र फ्रेन्ड्सका साथमा क्याजुयल गेट टुगेदर छ भने यसप्रकारका बुटभन्दा राम्रो अरू केही हुन सक्दैन । यसले स्टाइलिस लुक प्रदान गर्छ ।

इभनिङ स्यान्डल्स

यस प्रकारको स्यान्डल्समा स्टिलेटोजको जस्तो हाई हिल हुँदैन । मिडियम र मोडरेट हिल हुन्छ । विवाह वा सेलिब्रेसनका लागि इभनिङ स्यान्डल्स उत्तम हुन्छ । त्यसबाहेक जिन्स वा क्याजुयल वेयरमा यसले फेसनेबल लुक प्रदान गर्छ ।

पम्प

यो हाई हिलकै श्रेणीमा पर्छ । पिप टोज सुज होस् वा प्लेटफर्म सुज वा स्यान्डल्स पम्प हिल सबैसित मेल खान्छ । यसलाई फर्मल लुकमा पनि प्रयोग गर्न सकिन्छ । लाइटवेट, स्ट्रेपलेस सुज वा क्लोन्ड ब्याकका साथमा यो ह्यान्डी पनि हुन्छ । यसलाई सबै टाउँमा प्रयोग गर्न सकिन्छ । यो हिलको लम्बाइ चार इन्चसम्म हुन सक्छ । हाई हिल भएका कारण यसले स्टाइलिस एवं ट्ेरन्डी लुक प्रदान गर्छ । 

स्टिलेटोज

स्टिलेटोज सबैभन्दा हाई हिल हो जसको लम्बाइ लगभग ८ इन्चसम्म हुन सक्छ । पातलो हिल भएका कारण यो त्यति कम्फर्ड हुँदैन । यसलाई सम्हाल्न र ब्यालेन्स कायम राख्न गाह्रो हुन्छ तर आजभोलि अधिकांश स्टिलेटोजमा प्याडेड इन सोल्स र लेदर अपर्स प्रयोग गरिने हुँदा यो पहिलेभन्दा आरामदायक हुन थालेको छ ।

 Image