फेसनमा घडी
पछिल्लो समय घडी समय सूचक मात्र नभएर ‘स्टाइल स्टेटमेन्ट’ बनेको छ । मान्छेले आफ्नो पहिरनजस्तै यसलाई पनि अनिवार्य ठान्न थालेका छन् । त्यसैले त राम्रो पहिरनमा चिरिच्याट्ट भएपनि मान्छेले नाडीमा घडी बाँध्न छुटाउँदैनन् ।

उमा नेमकूल, काब्य बुटिक
अहिले तीजको मौकामा पार्टीहरु धेरै आयोजना हुने हुँदा त्यसलाई मध्यनजर गरि पहिरन बनाउनु पर्छ । पार्टीमा नाचगान समेत हुने भएकोले सजिलो पहिरन छनौट गर्नु जरुरी हुन्छ । तीज पार्टीको लागि लंग लेन्थ कुर्ता विथ स्पाइरल टउजर उपयुक्त हुन्छ । जुन टीन एजर देखि चालिस नाधेकाहरुका लागि पनि एकदमै राम्रो देखिन्छ । यस्तो पहिरनले मोटोलाई दुब्लो र होचोलाई अग्लो बनाउँछ । यसमा वर्क मनपराउने हरुले वर्क गराउन सकिन्छ भने मननपराउनेहरुले प्याचवर्क मात्र गर्ने सकिन्छ । यसले पार्टी लुक्स दिनको साथै स्मार्ट र एक्स्रा समेत देखाउँछ । साथै टुपीस वाला सारी पनि तीज पार्टीको लागि उपयुक्त हुन्छ । तीज भन्ना साथ रातोरंग भन्ने कन्सेप्ट आइ हाल्छ तर अहिले रातो रंगको साथ साथै अरु ब्राइट कलरहरु पनि तीजमा प्रयोग हुन थालेको छ । टीन एजरको साथमा विवाहितहरु पनि रातोको साथमा अरु कलरहरुमा पहिरन बनाउन रुचाएका छन् । लाइट पिंक, ग्रिनको एललो सेड, लेमन ग्रीन, पीच, डार्क पर्पल, रानी, रोयल व्लु कलरहरु तीज पहिरनमा प्रयोग गर्ने सकिन्छ । यी कलरहरुले भदौको गर्मीमा शितल समेत पुऱ्याउँछ । यदि रातै सारी लगाउनु पर्छ भने पनि ब्लाउजलाई फरक कलरमा हेबी वर्क गर्ने सकिन्छ । रातोमा हरियो, गोल्डेन, अरेञ्ज , एल्लो, पर्पल, ब्लु, अफ व्हइट जुन कलर पनि त्यतिकै सुहाउने भएकोले प्लेन रातो सारीमा ब्लाउजमा बोर्डेर गला, हातमाप्याचवर्क प्रयोग रि हेबी लुक्स दिन सकिन्छ । तीन एजहरुलाई भने रातोलाई इम्ब्रोडरीमा छिराएर कलरफुल कलरहरुमा डिजाइन दिन सकिन्छ ।