Successfully Copied

कलेज गल्र्स मेकअप किट

हरेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ । कलेज जाने युवतीहरूमा को भन्दा को कम हुने प्रतिस्पर्धा नै चल्छ ।

हरेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ । कलेज जाने युवतीहरूमा  को भन्दा को कम हुने प्रतिस्पर्धा नै चल्छ । सुन्दर देखिन कमसेकम धेरथोर मेकअप त गर्नैपर्छ । धेरैजसोले राम्री देखिने होडमा बजारमा आएका नयाँ प्रोडक्ट प्रयोग गरी अनुहारको छाला बिगार्ने गरेको पनि पाइन्छ । यसकारण हरेक युवतीलाई आफ्नो मेकअप किटमा कुन–कुन प्रोडक्ट सामग्री हुनुपर्छ भन्ने कुराको जानकारी आवश्यक छ । आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ । अनुहारमा आफ्नो अमेरअनुसार न्याचुरल लुक्स कायम गर्न सक्नुपर्छ । विशेषगरी कलेज जाने युवतीको मेकअप भड्किलो हुनुहुँदैन । हलुका अर्थात् लाइट मेकअप नै उपयुक्त हुन्छ । आफ्नो सुन्दरतामा निखार ल्याउन प्राकृतिक लुक्स कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । कम उमेरका अथवा कलेज जाने युवतीले मेकअप किटमा गाजल, मस्कारा, लिपिस्टिक, फाउन्डेसन आदि प्रोडक्ट राख्न सक्छन् । सामान भएर मात्र हुँदैन त्यसलाई उचित तरिकाले प्रयोग गर्न जान्नुपर्छ अन्यथा सुन्दरतामा र्‍हास आउँछ । त्यसैले सौन्दर्य प्रसाधनको सही छनोट र प्रयोग गर्ने कुरामा होसियार हुनुपर्छ । 

गाजल

अनुहारको अँध्यारोपन गाजल लगाउँदा हट्छ र अनुहारलाई हाइलाइट प्रदान गर्छ । बजारमा धेरै प्रकारका ब्रान्डेड गाजल पाउन सकिन्छ । त्यसमा सबैभन्दा राम्रो जेल गाजल हुन्छ । जेल गाजल जुनसुकै मौसममा पनि लगाउन सकिन्छ । गाजलले राम्रो मुमेन्ट दिन्छ । यसका अतिरिक्त आँखालाई स्मोकी बनाउन पनि सहयोग गर्छ । जेल गाजल बजारमा दुई प्रकारका पाइन्छन् । नर्मल जेल र पेन्सिल जेल । नर्मल जेलले आइब्रस गर्न सहयोग पुग्छ भने पेन्सिल जेलले आँखालाई आकार दिन्छ । जेल गाजल वाटरप्रुफ हुने भएकाले लामो समय टिकाउ पनि हुन्छ । 

फाउन्डेसन     

फाउन्डेसन मेकअप बेसका लागि उपयुक्त हुन्छ । यो लगाएपछि छालामा चमक आउँछ । फाउन्डेसन लगाएर मेकअप गर्दा मेकअप लामो समय टिक्छ । त्यसकारण मेकअप किटमा फाउन्डेसन आवश्यक हुन्छ । मेकअप किटमा फाउन्डेसनमा जति आवश्यक हुन्छ त्यति नै खरिद गर्दा ध्यान दिनुपर्छ । धेरैलाई आफ्नो स्किन टोनमा फाउन्डेसन म्याच हुन्छ कि हुँदैन भन्ने कुरा थाहा हँुदैन ।  

कम्प्याक्ट वा लुज पाउडर 

पाउडर लगाएपछि मात्र मेक बेस पूरा हुन्छ । लुज पाउडरले अनुहारको सेप बनाउँछ । त्यसकारण कम्प्याक्टको छनोटमा पनि धेरै ध्यान दिनुपर्छ । स्किन टोनअनुसारको कम्प्याक्ट छनोट गर्नुपर्छ । त्यसमा सेतो वा पहेंलो टोनका लुज पाउडर खरिद गर्न सकिन्छ । तर लुज पाउडरको प्रयोग धेरै गर्नु हँुदैन । यसको थोरै प्रयोगले पनि अनुहारमा चमक आउँछ । कान, घाँटी, हातमा पनि लगाउनुपर्छ किनभने शरीरका खुल्ला भाग एउटै रंगको देखिए मात्र मेकअप राम्रो हुन्छ । 

लिपिस्टिक

अनुहारको चमकमा थप बढाउँछ लिपिस्टिकले । गुणस्तरीय लिपिस्टिकले ओठलाई मुलायम तथा आकर्षक बनाउँछ । सबै प्रकारका लिपिस्टिक हुनुपर्छ भन्ने छैन । आफ्नो ओठको कलर टोनअनुसारको नै लिपिस्टिक प्रयोग गर्नुपर्छ । मौसम तथा आफूले लगाएको पहिरनको कलरसँग मिल्ने कलरको लिपिस्टिक लगाउँदा बेस हुन्छ । अहिले बजारमा लामो समय टिकाउ हुने तथा वाटरप्रुफ लिपिस्टिक आएका छन्, यस्ता लिपिस्टिक बिहान लगाए बेलुकासम्म रहिरहन्छ । त्यसैले लिपिस्टिक किन्दा सबै कुरामा ध्यान दिनुपर्छ ।

लिपबाम 

लिपिस्टिकदेखि एलर्जी हुनेहरूले लिपबाम प्रयोग गर्न सक्छन् । बजारमा कलर वा कलरलेस दुवै प्रकारका लिपबाम उपलब्ध छन् । ओठमा चमक मात्र दिनका लागि लिपबाम नै पर्याप्त हुन्छ । त्यसैले लिपिस्टिकको साटो कलर लिपबाम पनि लगाउन सकिन्छ । आफ्नो मेकअप किटमा युवतीहरूले लिपबाम राख्न सक्छन् । 

आइब्रो पोलिस 

आइब्रो पोलिस मेकअप किटमा हुनु आवश्यक छ । कसैको आइब्रो नमिलेको हुन्छ । यसबखत आइब्रो पोलिस काम आउँछ । बिग्रिएको आइब्रोलाई सेप दिनका लागि आइब्रो पोलिस नै लगाउनुपर्ने हुन्छ । डार्क ब्राउन कलरको आइब्रो पोलिस न्याचुरल हुन्छ । 

टोनर 

अनुहारको मेकअप राम्रो गरेर मात्र हँुदैन, सफा पनि गर्नुपर्छ । यसकारण आफ्नो मेकअप किटमा टोनर छुट्नुहुँदैन । घरदेखि बाहिर जानुअघि र बाहिरबाट घर फर्किएपछि टोनिङ गर्नु आवश्यक हुन्छ । टोनरले अनुहार सफा बनाउँछ । 

मोस्चराइजर 

टोनरले अनुहारका कोषहरू खुल्ला गराउँछ । त्यसकारण कोषहरू बन्द गर्न पनि मोस्चराइजर गर्नुपर्छ । नाइट क्रिम एवं अन्डर आइ क्रिम राति सुत्नुभन्दा अघि ब्रान्डेड नाइट क्रिम लगाउनुपर्छ । यसले अनुहारको छालालाई कसिलो बनाउँछ । आँखामुनि डार्क सर्कल छ भने अन्डर आइ क्रिम लगाउन छुटाउनु हँुदैन । 

 

 Image