मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५ मा
गोरखाको सम्पदा र विरासतबाट प्रभावित भएर फेसन डिजाइनर सोनम सुब्बाले पहिरन डिजाइन गरेका हुन् । गोरखा दरबारको आँखी झ्यालबाट प्रेरणा लिएर आफूले कस्ट्युम डिजाइन गरेको उनले बताएका छन् ।
तीज महिलाहरूको विशेष चाड हो । यसलाई नेपाली हिन्दू महिलाहरूले गच्छेअनुसार रमाइलोसँग मनाउँछन् । तीजमा सबै रातो साडी तथा रातै मेकअपमा देखिन्छन् । यसपटकको मेकओभरलाई तीजको सेरोफेरोसँग गाँसिएको छ । केश सज्जा तथा मेकअपमा रातो रंग खेलाइएको छ । हेयर स्टाइलिस सञ्जय लिम्बूले विभिन्न प्रकारका केश सज्जा गरेका छन् भने मेकअप आर्टिस्ट रिना प्रधान तथा लोककिसन मगरले मोडलहरूलाई रातो रंगले सिँगारेका छन् । उनीहरूलाई उमेरअनुसार तीजको पmलेवरमा सजाइएको छ । रातो रंगको मेकअप तथा रातो पहिरन मोडलहरूलाई निकै खुलेको छ ।
मोडल ः ईशा गौतम, कुञ्जल भट्ट