Successfully Copied

सुस्मिता मास्के, पर्वतारोही

सन् २००५ मा पहिलो पटक सगरमाथा चढेकी मास्के २००८ मा विभिन्न जातजाति तथा समुदाय सम्मिलित सगरमाथा आरोही महिला टिमकी सदस्य हुन् । पछि कामले गर्दा ग्रुप छोडेकी सुस्मिता अहिले युएन वल्र्ड फुड प्रोग्राममा व्यस्त छिन् ।

सुस्मिता मास्के, पर्वतारोही

वसन्तपुरमा जन्मिएकी सुस्मितामा अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि सगरमाथा चढ्ने रहर जागेको हो । सन् २००५ मा पहिलो पटक सगरमाथा चढेकी मास्के २००८ मा विभिन्न जातजाति तथा समुदाय सम्मिलित सगरमाथा आरोही महिला टिमकी सदस्य हुन् । पछि कामले गर्दा ग्रुप छोडेकी सुस्मिता अहिले युएन वल्र्ड फुड प्रोग्राममा व्यस्त छिन् । यसका साथै उनी अजिमा अर्गनाइज टिमसँग मिलेर रिबिल्डिङ कन्ट्रक्सनमा समेत सक्रिय छिन् । सुस्मिता पर्वतारोहणवाहेक डान्सर तथा मोटिभेटरका रूपमा समेत परिचित छिन् ।

लोकेसन : ढोकैमा क्याफे पाटनढोका

डा. लक्की शर्मा, फिजिसियन

काठमाडौं मेडिकल कलेजसँग आबद्ध डा. लक्की शर्माले एमडी त्यहीँबाट पूरा गरेकी हुन् । सानैदेखि मेडिसिनतिर रुचि राख्ने उनको सपना डाक्टर बन्ने नै थियो । कडा मेहनती, लगनशील र केही काम गर्छु भनेपछि पूरा गरिहाल्ने लक्की अब पल्मोनोलोजीसम्बन्धी अध्ययन गर्ने योजनामा छिन् । नृत्यमा अब्बल डा. शर्मा भ्रमण गर्न तथा किबोर्ड बजाउन रुचाउँछिन् ।

मेकअप : जुनु चक्रधर, जुम ब्युटिपार्लर, कुपण्डोल

लोकेसन : कुपण्डोल बैंकेट

समृद्धि रिजाल, समाचारवाचिका

कान्तिपुर टेलिभिजनमा विगत २ वर्षदेखि समाचार वाचन गर्दै आएकी समृद्धिले सोसोलोजी र अंग्रेजी पढेकी हुन् । पढेर भन्दा परेर जानिन्छ भन्ने उखान उनको सन्दर्भमा

ठ्याक्कै मिल्छ । मिडियाप्रति आकर्षित रिजालले ६ वर्ष हिट्स एफएममा आरजेका रूपमा काम गरिन् । पछि उनी समाचारवाचनतर्फ लागिन् । यो विषय प्राक्टिकल भएकाले अनुभवले नै निखार ल्याउने उनको अनुभव छ । समाचार वाचन गर्दा मानिसहरू चिनिने, हरेक क्षेत्रको ज्ञान हुने र आफू पनि सेकेन्ड–सेकेन्डमा अपडेट हुन पाइने भएकाले यो क्षेत्र उनलाई मन पर्छ । उपन्यास पढ्न रुचाउने रिजाल अंग्रेजी गीतकी पारखी हुन् ।

मेकअप : राजु याकचा

लोकेसन : कान्तिपुर पब्लिकेसन्स परिसर, तीनकुने

शिलाशा राजभण्डारी, आर्टिस्ट

भर्खर २६ वर्ष टेकेकी शिलाशा कामका हिसाबले परिपक्व देखिन्छिन् । ललितकला क्याम्पसमा स्नातक तहमा मूर्ति विषय अध्यापन गर्ने राजभण्डारी कम्युनिटी बेस कलामा सक्रिय छिन् । उनी भूकम्पपछि ट्रमामा परेका महिलाहरूलाई कलामार्फत सहज बन्न सघाउने उद्देश्यले विभिन्न ठाउँमा आर्ट तथा क्राफ्ट सिकाइरहेकी छिन् । सानैदेखि सामाजिक इस्युहरूमा कला सिर्जना गर्न रुचाउने राजभण्डारी महिला तथा वातावरणसम्बन्धी थिममा केन्द्रित हुन्छिन् । नेपाली चलचित्रमा पहिलो महिला आर्ट डाइरेक्टरका रूपमा काम गरिसकेकी शिलाशाले नाफाबाट आयोजना हुने कला प्रतियोगितामा मूर्ति कलातर्फ पहिलो स्थान हासिल गरेकी थिइन् ।

लोकेसन : रोयल बैंकेट, तीनकुने

भगवती माझी, खेलाडी

भगवती माझी हरेक खेलमा उत्तिकै रुचि राख्छिन् । फुटबल, भलिबल, बक्सिङ तथा उसुमा आफ्नो उपस्थिति जनाइसकेकी माझीले विगत ६ वर्षदेखि नयाँ खेल साम्बोमा आफ्नो प्रतिभा देखाइरहेकी छिन् । उसुसँग मिल्ने खेल भएकाले पनि उनमा यसको आकर्षण बढेको हो । साम्बोको पहिलो राष्ट्रिय खेलमा पहिलो भएकी भगवती थाइल्याण्डमा सम्पन्न साम्बोको पहिलो एसियन गेममा तेस्रो भइन् । अहिले डोजोमा साम्बो सिकाइ रहेकी भगवती यसको वल्र्ड च्याम्पियनसीपमा भाग लिने योजनामा छिन् ।

लोकेसन : रोयल बैंकेट, तीनकुने

तिस्बर ः श्रृती श्रेषठ

 

 Image