‘डिजाइनर्स रनवे’ मा सेलिब्रेटी
फेसनसम्बन्धी नवीन तथा पृथक डिजाइन प्रस्तुत गर्ने उद्देश्यका साथ ‘आईईसी डिजाइनर्स रनवे १२’ सम्पन्न भएकोे छ ।
विभिन्न पारम्परिक पहिरनहरूलाई प्रदर्शन गरी आयोजना गरिएको स्टाइल मन्त्रमा विभिन्न पहिरन प्रदर्शन गरियो । हयात रिजेन्सीमा आयोजना गरिएको उक्त कार्यक्रमलाई फेमिना मिस इन्डिया सयाली भगत २००४ ले उद्घाटन गरेका थिए । फेसन समयअनुसार परिवर्तन हुन्छ भन्ने स्लोगन लिएर आयोजना गरिएको उक्त प्रदर्शनीमा विभिन्न क्षेत्रका दर्शकको बाक्लो उपस्थिती थियो । उक्त शोमा २०१५ का अब आउने पहिरन शैली शोकेस गरिएको थियो । सयभन्दा बढी भारतीय पहिरनको यो उत्कृष्ट शो थियो । उक्त शोमा भारतकै लोकप्रिय अम्बिका फेसन, रोज फेसन, पार्वती फेब्रिक, महोत्सवलगायतका लोकप्रिय ब्रान्डहरूको पहिरनले वातावरण नै रंगीन बनाएको थियो ।