‘डिजाइनर्स रनवे’ मा सेलिब्रेटी
फेसनसम्बन्धी नवीन तथा पृथक डिजाइन प्रस्तुत गर्ने उद्देश्यका साथ ‘आईईसी डिजाइनर्स रनवे १२’ सम्पन्न भएकोे छ ।

रोमी राज्यलक्ष्मी शाह मिस इन्डिया वल्र्ड वाइड नेपाल-२०११ की मिस ब्युटिफुल स्किनकी विजेता हुन् । २२ वर्षीया रोमी ग्रान्डी ट्राभल एण्ड टुरकी संचालक हुन् । उनको अनुहारमा सौन्दर्यविद् शान्ता थापाले हलुका मेकअप गरेकी छिन् । शान्ता थापा नेपाली सौन्दर्य क्षेत्रमा लागेको २४ वर्ष बितिसकेको छ । यो अवधिमा उनले करिब ५० हजारलाई तालिम प्रदान गरिसकेकी छिन् । छिट्टै उत्कृष्ट मेकअप गर्नु तथा केश सज्जा उनको विशेषता हो । शान्ता अनुहार हेरेपछि मात्र मेकअप तथा केशसज्जा गर्छिन् । यो मेकओभरमा शान्ताले रोमीलाई मोडल लुक दिएकी छिन् जुन साधारण जमघटका लागि पनि उपयोगी छ । रोमीका आँखा राम्रा भएकाले आँखालाई केन्द्र बनाई मेकअप गरिएको छ । आँखामा स्मोकी लुक दिइएको छ भने केश केही फरक ढंगले तयार गरिएको छ । राम्रो मेकअप तथा आकर्षक व्यक्तित्वको मिश्रणले गर्दा यो मेकओभर सुन्दर देखिएको छ । शान्ताले गरेको मेकअप रोमीमा निकै खुलेको छ । यो मेकअपले डेनिम लुक झल्काएको छ ।
स्थान : शान्ताज हेयर एण्ड ब्युटी स्टुडियो, सुकेधारा
मोडल : रोमी राज्यलक्ष्मी शाह
मेकअप : शान्ता थापा
संयोजन : झरना नहर्की
तस्बिर : नवराज वाग्ले