Successfully Copied

विन्टर लुक कम्बिनेसन

ट्रेन्डी कोट : यो वर्ष विभिन्न अन्तर्राष्ट्रिय फेसन सप्ताहमा यस प्रकारको कोट देख्न पाइएको थियो ।

ट्रेन्डी कोट : यो वर्ष विभिन्न अन्तर्राष्ट्रिय फेसन सप्ताहमा यस प्रकारको कोट देख्न पाइएको थियो । रेड, ब्ल्याक र ह्वाइट कलरको स्ट्रोक्स भएको फरकोट यो सिजनमा लोकप्रिय छ ।

एक्स्ट्रा लङ ओभरकोट : पुरुषको ज्याकेटबाट प्रेरित यी कोट मिड काफ लेबलका हुन्छन् । यिनलाई फेमिनेन रूप दिन सादा रंगको पम्पस जुत्ताका साथमा र मास्कुलिन लुक दिन ब्रोग्सका साथ

जोडा मिलाउनुपर्छ ।

स्लकी कोट : यो शैलीको ओभरसाइज कोट लग्जरी तथा एलिगेन्सको प्रतीक हो । यस प्रकारको लुकमा सकेसम्म कम एसेसरिज लगाउनुपर्छ ।

पारका कोट : साटन, केशमियरजस्ता मटेरियल्सबाट बनेका यी कोटको निर्माणमा सफ्ट, क्विल्टिङ प्रविधि प्रयोग गरिन्छ । यसले जाडो मौसममा चिसो हावाबाट जोगाउनुका साथै स्टाइलिस लुक पनि प्रदान गर्छ ।

ट्रेन्च कोट : रोमान्टिक डे लुक सिर्जना गर्न ट्रेन्च कोटको छनोट गर्नुपर्छ । यसलाई सर्ट ड्रेसेजका साथमा एङ्कल लेन्थ बुटसित जोडा मिलाएर लगाउनुपर्छ । ट्रेन्च कोटलाई ब्ल्याक लेदर पाइन्ट र ह्वाइट सर्टका साथ पनि कम्बाइन गर्न सकिन्छ । यो सिजनमा पेस्टल रंगका ट्रेन्च कोट चल्तीमा छन् ।

एनोरक कोट : यो ट्रान्स सिजनल कोट हो । यो कोट हल्का र श्वासप्रश्वासको सहजतासहितको फेबि्रकबाट बनेको हुन्छ । यसलाई हल्का जाडोमा लगाइन्छ ।

रंग : यो सिजनमा खाकी, रातो, नीलो, ब्ल्याक, ग्रे, बेज आदि रंगका कोट लोकप्रिय छन् ।

शरीरअनुसार कोट

-    तौल तथा उचाइ कम भए नि-लेन्थभन्दा केही इन्च तलसम्मको कोट फिटेड बेल्टका साथ लगाउनुपर्छ । यसले शरीरको कब्र्समा उभार ल्याउनुका साथै भोल्युम एड गर्छ ।

-    अग्लो शरीर भएकाहरूले कलर ब्लकिङ वा दुई रंगको मिड लेन्थ कोट लगाउनुपर्छ ।

-    एजल सेप्ड फिजिक भएकाहरूले असिमिटि्रकल डिटेलिङ भएको कोट छनोट गर्नुपर्छ ।

-    प्लस साइज भएकाहरूका लागि ट्रेन्डी भर्टिकल डिटेलिङ भएको फिटेड कोट उपयुक्त हुन्छ ।

-    आर ग्लास फिजिक भएकाहरूका लागि क्लासी स्टाइलको कोट सुहाउँछ ।

-    पियर सेप्ड फिजिक भएकाहरूले कलर टिटेलिङ भएका तथा सफ्ट मटेरियलबाट बनेका नि-लेन्थ कोट छनोट गर्नुपर्छ ।

-    कर्वी बडी भएकाहरूका लागि र्‍याप कोट उपयुक्त हुन्छ ।

स्टाइलिस बुट

काल्फ लेन्थ बुट : उचाइ तथा तौल कम भएका महिलालाई यस्तो बुट खुबै सुहाउँछ ।

एङ्कल लेन्थ बुट : यो बुटलाई सबै प्रकारको शरीर भएकाहरूले लगाउन सक्छन् । यो स्टाइलिस हुनुका साथै प्राक्टिकल पनि छ । नि-लेन्थ बुट : शरीर पियर सेपको छ भने नि-लेन्थ बुट सुहाउँदिलो हुन्छ । यसलाई नि-लेन्थ स्कर्टका साथ कम्बाइन गर्नुपर्छ ।

ओभर दि नि बुट : यो बुट अग्लो र स्लिम शरीर भएका महिलालाई विशेष सुहाउँछ । यसले सेन्सुयल लुक प्रदान गर्छ ।

 Image