Successfully Copied

साहसी सागरिका

सागरिका श्रेष्ठ कुनै बेला कान्तिपुरकी चर्चित टीभी तथा रेडियो थिइन् ।


सागरिका श्रेष्ठ कुनै बेला कान्तिपुरकी चर्चित टीभी तथा रेडियो थिइन् । ‘कल कान्तिपुर’, ‘हियर इज टु लाइफ’ र ‘गुड मर्निङ नेपाल’ जस्ता कार्यक्रमबाट उनको लोकप्रियता चुलिएको थियो । नेपालमा सबैभन्दा धेरै पारिश्रमिक लिने टीभी होस्ट र उद्घोषकका रूपमा लोकप्रिय सागरिकाले मिडिया उद्योगमा पनि छुट्टै बेन्चमार्क सेट गर्न सफल भइन् । मिडियामा करिअर प्रसिद्धि मात्र होइन, यसले पर्याप्त वित्तीय स्थायित्व र व्यावसायिक पूर्तिको नेतृत्व गर्न सक्छ भन्ने बोध उनको सफलताले गराएको छ । मिडियाको काम अस्थिर वा कम पारिश्रमिकको हुन्छ भन्ने भाष्य तोड्दै सागरिकाले मिडियाकर्मीले पनि सफल, समृद्ध र सम्मानजनक जीवनको आनन्द लिन सक्छन् भन्ने प्रमाणित गरेकी छन् ।


सागरिकाले विभिन्न बहुराष्ट्रिय कम्पनीसँग सहकार्य गरिसकेकी छिन्, जसले उनलाई नेपाली मिडियामा सफल व्यक्तित्व बनाएको छ । उनको लोकप्रियता नेपालका धेरै प्रसिद्ध ब्रान्डहरूको अनुहारका रूपमा फैलिएको छ । थुप्रै विज्ञापन र भिडियोका लागि मोडलिङ गरिसकेकी उनको सामाजिक सञ्जालमा पनि ठूलो संख्यामा फलोअर्ससँगै राम्रै प्रभाव र पहुँच देखिन्छ । ‘सार्वजनिक सम्बन्ध र डिजिटल मार्केटिङ’ मा मास्टर्स उनी हाल न्यूयोर्कमा बसोबास गरिरहेकी छन् । उनलाई अमेरिकामा हुने धेरै नेपाली कार्यक्रममा पनि विशेष अतिथिका रूपमा बोलाइन्छ ।

 Image