Successfully Copied

मिस युनिभर्स नेपाल २०२३ को ताज जेन दीपिकालाई

गोदावरी कन्भेन्सनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा जेन दीपिका गारेटले यस वर्षको मिस युनिभर्सको ताज पहिरिन सफल भइन् । उनले २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै ‘मिस युनिभर्स नेपाल’ को चौथो शृंखलाको शीर्ष उपाधि जितेकी हुन् ।

मिस युनिभर्स नेपाल २०२३ ‘मिस युनिभर्स नेपाल–२०२३’ सम्पन्न भएको छ । गोदावरी कन्भेन्सनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा जेन दीपिका गारेटले यस वर्षको मिस युनिभर्सको ताज पहिरिन सफल भइन् । उनले २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै ‘मिस युनिभर्स नेपाल’ को चौथो शृंखलाको शीर्ष उपाधि जितेकी हुन् । प्रतियोगितामा गरिमा घिमिरे पहिलो उपविजेता बनिन् भने बुद्धिसरा सुनार दोस्रो, शीताष्मा पोख्रेल तेस्रो र अभिलाषा लम्साल चौथो उपविजेता बन्न सफल भए ।

मिस युनिभर्स नेपाल २०२३ का विजयी जेनलाई २०२२ का मिस युनिभर्स सोफिया भुजेलले ताज पहिराइदिएकी थिइन् । सहभागी प्रतिस्पर्धीलाई १२ विधामा पुरस्कार वितरण गरिएको थियो । रोयल ब्लिंक मिस ड्याजलिङ डिभा शीताष्मा पोख्रेल, रोयल ब्लिंक मिस क्रियटिभ अमीषा बस्नेत, सोसल इम्प्याक्ट लिडर अभिलाषा लम्साल, दूषित प्रिन्सेस मिस एलिगेन्स अभिलाषा लम्साल, केटिएम सिटी मिस फ्याबुलस अलिस्ता सुवेदी, अग्नि मिस फेयर पूजा पौडेल, नेपाल टेलिकम मिस आइसिटी शीताष्मा पोखरेल, व्यञ्जन मिस लाइफस्टायल शीताष्मा पोखरेल, ट्रयु मी मिस ट्रयु ब्युटी पलिस्ता बज्राचार्य, न्यू मिस इको इन्फिनिटी प्रेमा लाङ्गाडे, मिस मार्टिनी सन एञ्जल पूजा पौडेल, हिमालयन टाइम्स मिस अनस्टपएवल सरोसी न्यौपाने तथा वाउ मिस फ्रि एण्ड फेयरलेस प्रेमा लाङ्गाडेले प्राप्त गरे ।


नायिका सुरक्षा पन्त, ज्योति गु्रपका सौरभ ज्योति, नारी मासिककी सम्पादक उपासना घिमिरे, व्यवसायी रविराज कर्णिकार, एसियन पेन्ट्सका उपल मजुमदार, नेपाल दूरसञ्चार संस्थानकी संगीता पहाडी, मोडल तथा व्यवसायी आयुशा कार्की श्रेष्ठ, नेपाल पर्यटन बोर्डकी नन्दिनी लाखे थापा, प्रतियोगिताका निर्णायक थिए । कार्यक्रमलाई त्रिशाला गुरुङ र कुटुम्ब ब्यान्डको सोलो सांगीतिक प्रस्तुतिले भव्य र आकर्षक बनाएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने ‘मिस युनिभर्स’ को अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउने भएका छन् ।

तस्बिरहरुः महेशमान प्रधान

 Image