वर्षालाई प्रश्न
अघिल्लो वैशाखमा विवाह बन्धनमा बाँधिएकी वर्षा शिवाकोटी श्रीमान् आशिष गेलालसँगको सम्बन्ध चिसिएपछि चर्चामा छिन् ।
गायिका सुनीति कार्कीले तीज गीत ‘सुन न संगी हो’ बजारमा ल्याएकी छन् । ‘ओएसआर डिजिटल’ को आधिकारिक ‘युट्युब’ मार्फत उनले गीत सार्वजनिक गरेकी हुन् । यो तीज गीत मनोरञ्जनका लागि मात्र नभएर रीतिरिवाजको सम्मानमा पनि बजारमा ल्याएको उनले बताइन् । विभिन्न भाषामा गीत गाउने कार्कीले समाजको मौलिक संस्कृतिलाई गीत–संगीतबाटै चिनाउने प्रयास गरेको धारणा व्यक्त गरिन् ।
गीतमा अशोक गुरुङको शब्द, सुवास भुसालको संगीत एवं उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा रामजी लामिछानेले निर्देशन गरेका छन् भने ‘टिकटक’ मा समारिका ढकालले अभिनय गरेकी छन् ।