गायिका सुनीति कार्कीले तीज गीत ‘सुन न संगी हो’ बजारमा ल्याएकी छन् । ‘ओएसआर डिजिटल’ को आधिकारिक ‘युट्युब’ मार्फत उनले गीत सार्वजनिक गरेकी हुन् । यो तीज गीत मनोरञ्जनका लागि मात्र नभएर रीतिरिवाजको सम्मानमा पनि बजारमा ल्याएको उनले बताइन् । विभिन्न भाषामा गीत गाउने कार्कीले समाजको मौलिक संस्कृतिलाई गीत–संगीतबाटै चिनाउने प्रयास गरेको धारणा व्यक्त गरिन् ।
गीतमा अशोक गुरुङको शब्द, सुवास भुसालको संगीत एवं उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा रामजी लामिछानेले निर्देशन गरेका छन् भने ‘टिकटक’ मा समारिका ढकालले अभिनय गरेकी छन् ।
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
हालै इन्डोनेशियामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस कल्चर इन्टनेसनल तथा मिष्टर एण्ड मिस टिन कल्चर इन्टरनेसनल २०२५ मा नेपालका सहभागिता जनाएका सहभागिहरुले सफलता हासिल गरेका छन् ।