मंगलबारदेखि अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’
अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओबाट नेपाली फिल्म अनौठो तृष्णा सार्वजनिक हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो।
बेपत्ता श्रीमान्को खोजीमा निस्किएकी एउटी साहसी महिलाको कथावस्तुमा आधारित चलचित्र ‘राधा’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा ‘मिस नेपाल’ को उपाधि जितिसकेकी सृष्टि श्रेष्ठ छिन् ।
आगामी भदौ १० बाट देशव्यापी रूपमा प्रदर्शन हुने भनिएको उक्त चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ आदिको अभिनय देख्न सकिनेछ ।
चलचित्रको लेखन तथा निर्देशन सुवर्ण थापाले गरेका छन् भने सौगात मल्ल, देवकी विष्ट एवं विक्रमदास जोशीले निर्माण गरेका हुन् । नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद देवकोटाको संगीत रहेको चलचित्रको ट्रेलर विपिन मल्लले सार्वजनिक गरेका हुन् ।