बेपत्ता श्रीमान्को खोजीमा निस्किएकी एउटी साहसी महिलाको कथावस्तुमा आधारित चलचित्र ‘राधा’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा ‘मिस नेपाल’ को उपाधि जितिसकेकी सृष्टि श्रेष्ठ छिन् ।
बेपत्ता श्रीमान्को खोजीमा निस्किएकी एउटी साहसी महिलाको कथावस्तुमा आधारित चलचित्र ‘राधा’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा ‘मिस नेपाल’ को उपाधि जितिसकेकी सृष्टि श्रेष्ठ छिन् ।
आगामी भदौ १० बाट देशव्यापी रूपमा प्रदर्शन हुने भनिएको उक्त चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ आदिको अभिनय देख्न सकिनेछ ।
चलचित्रको लेखन तथा निर्देशन सुवर्ण थापाले गरेका छन् भने सौगात मल्ल, देवकी विष्ट एवं विक्रमदास जोशीले निर्माण गरेका हुन् । नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद देवकोटाको संगीत रहेको चलचित्रको ट्रेलर विपिन मल्लले सार्वजनिक गरेका हुन् ।
बैतडीमा जन्मिएका दिव्यदेव पन्तले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र पत्रकारितामा स्नातक गरेका छन् । करिब ३० वटा नाटक, ८ वटा ठूलोपर्दाका चलचित्र र करिब दुई हजार भोइस–ओभर गरिसकेका दिव्यदेव पोयट आइडल र हाल प्रसारण भइरहेको सिजन–दुईका प्रस्तोता हुन् ।