मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा फागुन दोस्रो साता सम्पन्न ‘नेपाल्स नेक्स्ट सुपर मोडल सिजन फाइभ’ को उपाधि झरना रेग्मीले जितेकी छन् । प्रतियोगितामा उनले ‘वेस्ट बडी’ को उपाधि पनि हात पारिन् । प्रतियोगितामा बिनी खड्गीले ‘फस्ट रनर्स अप’ उपाधि हात पारिन् भने ‘बेस्ट वाक’ र ‘अर्गनाइजर च्वाइस अवार्ड’ सहित पालिजा मानन्धरले ‘सेकेन्ड रनर्स अप’ उपाधि जितिन् । यसैगरी प्रतियोगितामा विकृति भट्टराई ‘मल्टिमिडिया’, तथा साइका भट्टराई ‘फोटोजेनिक’ र ‘पर्सनालिटी’ अवार्डतर्फ विजेता चयन भएका थिए । ‘आर एन्ड आर’ ग्रुपका लागि मञ्जु श्रेष्ठले आयोजना गरेको उक्त प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य थिए । प्रतियोगितामा आईआईएफटी अटायर पार्टनर रहेको थियो भने ब्युटी गार्डेन ग्रुमिङ पार्टनर तथा पम्फाजु कुटर थिम पार्टनरका रूपमा रहेको थियो ।
प्रतियोगिता परिचयात्मक चरण, स्टाइलिस राउन्ड, रेड कार्पेट राउन्ड, ककटेल वेयर तथा टप सिक्स फाइनलिस्ट चयन हुँदै विजेता छनोट भएपछि टुंगिएको थियो ।
तस्बिर : महेश प्रधान