नेपालका लागि इन्फ्ल्युएन्सर मार्केटिङ नयाँ कुरा हो -साहिल श्रेष्ठ
इन्फ्ल्युएन्सर मार्केटिङ नेपालका लागि यो नयाँ कुरा हो । इन्फ्ल्युएन्सर मार्केटिङ बुझ्नुअघि इन्फ्ल्युएन्सर को–को हुन् त्यो बुझ्नु जरुरी छ ।

नवलपरासीकी नौ वर्षीया सुयशा खनाल नेपालमा सबैभन्दा कान्छी ‘स्ट्यान्ड अफ कमेडियन’ हुन् । चार वर्षको उमेरदेखि नै कमेडी प्रस्तुत गर्दै आएकी उनले कमेडीसँगै अभिनयलाई समेत अगाडि बढाइरहेकी छन् । उनले ‘जिरे खुर्सानी’, ‘गोलमाल’, ‘अति भो’ लगायतका सिरियलमा बाल कलाकारका रूपमा अभिनय गरिसकेकी छन् । सामाजिक सञ्जालदेखि टिकटकमा उनका थुप्रै कमेडी भिडियो भाइरल भएका छन् । उनी सामाजिक, राजनीतिक र आर्थिक विषयवस्तुमाथि व्यंग गर्छिन् । चार कक्षामा अध्ययनरत खनालको नाटक खेल्न र चित्रकलामा पनि रुचि छ । उनले कमेडी र अभियन भने कलाकार बुवा सन्तोष खनालबाट सिकेकी हुन् । विभिन्न विधामा प्रस्तुति दिने सुयशा भविष्यमा आफ्नो रुचिअनुसार अगाडि बढ्ने बताइन् ।