सञ्चारकर्मी राधिकाको फूल फूल्यो फक्रियो’ सार्वजनिक
सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ।
नवलपरासीकी नौ वर्षीया सुयशा खनाल नेपालमा सबैभन्दा कान्छी ‘स्ट्यान्ड अफ कमेडियन’ हुन् । चार वर्षको उमेरदेखि नै कमेडी प्रस्तुत गर्दै आएकी उनले कमेडीसँगै अभिनयलाई समेत अगाडि बढाइरहेकी छन् । उनले ‘जिरे खुर्सानी’, ‘गोलमाल’, ‘अति भो’ लगायतका सिरियलमा बाल कलाकारका रूपमा अभिनय गरिसकेकी छन् । सामाजिक सञ्जालदेखि टिकटकमा उनका थुप्रै कमेडी भिडियो भाइरल भएका छन् । उनी सामाजिक, राजनीतिक र आर्थिक विषयवस्तुमाथि व्यंग गर्छिन् । चार कक्षामा अध्ययनरत खनालको नाटक खेल्न र चित्रकलामा पनि रुचि छ । उनले कमेडी र अभियन भने कलाकार बुवा सन्तोष खनालबाट सिकेकी हुन् । विभिन्न विधामा प्रस्तुति दिने सुयशा भविष्यमा आफ्नो रुचिअनुसार अगाडि बढ्ने बताइन् ।