दुई विश्वसुन्दरीले गरे विवाह
पूर्व ‘मिस अर्जेन्टिना’ मारियाना भरेला र पूर्व ‘मिस पुएर्तो रिको’ फाबिओला भ्यालेन्टिनले विवाह गरेका छन् । दुवैले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे

काठमाडौंमा गत महिना आयोजित ‘मिस तामाङ वर्ल्ड २०२१’ को ताज गाङतोक सिक्किमकी साङडोमा तामाङले जितिन् । चाँदीको ताजमा चाँदीको घेरासहितको सुनको मेडल र युरोपको भ्रमण प्याकेजसमेत उनले आफ्नो नाममा दर्ता गर्न सफल भइन् । उनले प्रतियोगिताको मुख्य उपाधिमध्येको एक ‘मिस तामाङ वर्ल्ड २०२१ हेल्थ विधा’ पनि आफ्नो पक्षमा पारेकी थिइन् । उक्त अवार्ड जितेसँगै उनी नगद पुरस्कार पचास हजारको हकदार बनिन् । यसबाहेक साङडोमाले विशेष अवार्डमा ‘भिअर च्वाइस’ र ‘सब टाइटल’ मा ‘वेस्ट ड्रेस अवार्ड’ पनि जित्न सफल भइन् ।
प्रतियोगितामा मुख्य विधाअन्तर्गत रविना थिङ ‘मिस तामाङ वर्ल्ड २०२१ कल्चर’, सविता लो ‘मिस तामाङ वर्ल्ड २०२१ टुरिजम’, प्रभा फ्युवा ‘मिस तामाङ वर्ल्ड २०२१ एजुकेसन’, रेणु तामाङ ‘मिस तामाङ वर्ल्ड २०२१ सोसल वेलफेयर’, एप्रिला घिसिङ ‘मिस तामाङ वर्ल्ड २०२१ इन्भाइरोमेन्ट’ तथा एलिसा घिसिङ ‘मिस तामाङ वर्ल्ड २०२१ इकोनोमी’ का रूपमा चयन गरिएका थिए । मुख्य उपाधि विजेता सबैले नगद पुरस्कार पचास हजार प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगिताअन्तर्गतका अन्य विधामा एप्रिला घिसिङ ‘मिस ट्यालेन्ट’ र निशा रुम्बा ‘मिस पब्लिक च्वाइस’ का रूपमा छनोट भएका थिए भने सवटाइटलतर्फ एलिसा घिसिङ ‘मिस फोटोजेनिक’, एस्टर थोकर ‘वेस्ट डिसिप्लिन’ तथा एप्रिला घिसिङ ‘वेस्ट पर्सनालिटी’ का रूपमा चयन भएका थिए । मिस तामाङ वर्ल्ड फाउन्डेसनको सहकार्यमा साधना कला केन्द्रले उक्त प्रतियोगिता आयोजना गरेको थियो ।